काठमाण्डौ । चर्चित अभिनेत्री स्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उनले आफुलाई जनताको सच्चा सेवक भएर काम गर्न नेपाली कांग्रेसमा प्रवेश गरेको बताएकी छन् । मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस प्रवेश गरेकी अभिनेत्री स्वेताले बच्चादेखि नै आफु कांग्रेसको नेता विशेस्वर प्रसाद कोईरालाको जीवनी पढेर हुर्किएको हुनाले पनि कांग्रेस रोजेको बताएकी छन् ।
उनले विशेस्वर प्रसाद कोईरालालाई ‘महामानव’ भनेर सम्बोधन गरेकी छन् । कार्यक्रममा स्वेताले कलाकारलाई राजनीतिको ज्ञान हुनुपर्ने आवश्यकता रहेको भन्दै आफु स्वार्थ र पोजिसनको लागि राजनीतिमा नआएको बताईन् । ‘म स्वार्थको लागि र कुनै पोजिसन होल्ड गर्नको लागि आएकै होइन । जनताको लागि काम गर्न प्रवेश गरेकी हुँ । मेरो बिजनेस पनि निरन्तर हुन्छ । सामाजिक र फिल्मको काम पनि निरन्तर हुन्छ । राजनीतिमा आएर हामी हरेक क्षेत्रमा बोल्न र लड्न सक्छौं भने म राजनीतिलाई नै निरन्तरता दिन्छु । ‘ उनले भनेकी छन् ।
स्वेतासँगै आज अभिनेता भुवन केसी र रविन्द्र खड्काले पनि पार्टी प्रवेश गरेका छन् । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वेता लगाएत सबैलाई स्वागत गरेका थिए । साथै उनले देउवालाई उनले आदर्श नेताको रुपमा लिने पनि बताएकी छन् । उनले आफु पार्टी प्रवेश गरेको कुरा आफ्नो अफिसियल फेसबुक अकाउण्ट मार्फट जानकारी गराएकी छन् । उनले लेखेको स्टेटस् जस्ताको त्यस्तै
कलाकारिता, ब्यवसाय अनी समाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनैतीक मुलधारमा प्रबेश गरेकी छु । बिद्यार्थी जीवनदेखिनै महामानव बिशेस्वर प्रसाद कोईरालाको बारेमा पढ्दै र सुन्दै आईरहेकी मैले अन्ततस् उनै महामानवको बिचारधारामा आफुलाई समाहित गर्दै नेपाली काँग्रेशसंग आफ्नो आवद्दता जनाएकी छु । मैले लिएको यो राजनैतीक निर्णय प्रती बिभिन्न कृया र प्रतिकृयाहरु अवस्यनै प्राप्त हुनेछन् ।
यसरी प्राप्त हुने साकारात्मक र नकारात्मक दुबै किसिमका प्रतिकृयाहरुलाई म सुझावको रुपमा ग्रहण गर्दै मेरो राजनैतीक यात्रालाई अगाडि बढाउने प्रण गर्दछु । एउटा कलाकारले कुनै एक पार्टीको ब्यानर भित्र समाहित हुनुहुन्न भन्ने सोच ब्याप्त छ । कलाकारले कलाकारितानै गर्नु पर्छ राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप मैले नेपाली काँग्रेशको राजननैतीक सिद्दान्तमा आफुलाई समाहित गराएकी छु ।
यो निर्णय लिनु भन्दा अगाडि मैले धेरै पटक स्वस्संवाद, स्वस्बिश्लेशण र स्वस्बिचार गरेकी छु । मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक बिकास , परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै ब्यक्ती टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न गरायो । हामीले राजनीतिबाट जतिनै टाढा रहन खोजेपनी हाम्रो हरेक दैनिकीमा राजनीतिको प्रभाव रहेको हुन्छनै । त्यो प्रभावलाई हामी कदापी नकार्न सक्दैनौ ।
अतः राजनैतीको यो अछुण्ण प्रभावलाई आत्मसाथ गर्दै मैले आफ्नो पाइला अगाडि बढाएकी हुँ । मेरो यो पाइलामा आम परिवर्तनकारी, बिकासप्रेमी तथा बुद्दिजिवी बर्गको साथ सल्लाह र सुझाव पाउने आशा बोकेकी छु । राजनिती बिसुद्द ुसामाजिक सेवाुको क्षेत्रहो नकी ुब्यवसायिक पेशाु । राजनीतिलाई कमाई गरी खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई बिस्थापित गराउनको निमित्त अब हामी आफु पनि अग्रसर हुनु पर्ने आवश्यकता महशुष गरेकी छु ।
सँधै राजनीतिलाई फोहोरी खेलुको रुपमा परिभाषित गर्दै नेताहरु प्रती ुधारे हातु लगाउने अनी गालीको बर्षा गर्ने हाम्रो निष्कृय प्रवित्तीलाई त्याग्ने बेला आएको छ । सिस्टम (प्रणाली) परिवर्तनको लागि सिस्टम निर्माणकै एउटा हिंस्सा हुनु जरुरीछ । यस्को लागि राजनीतिनै एउटा उत्तम माद्यम हो। मैले यही माद्यमलाई आत्मसाथ गरेकी हुँ । यस्को लागि मैले आदरणिय बिपी कोइराला, गणेशमान शिहँ र कृष्ण प्रशाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु ।
मलाई थाहा छ, कुनै पनि राजनैतिक दलको संस्थागत सिद्दान्त खराब हुँदैन । त्यो सिद्दान्तलाई कार्यान्वयन गर्ने केही नेतृत्वकर्ताको ब्यक्तिगत आचरण मात्र खराब हो । एमाले, काँग्रेश, माओबादी, रा.प्र.पा लगायत सबै दलका संस्थागत सिद्दान्तहरु राम्रा छन् । सबै दलले बिकास, सम्बृद्दी र परिवर्तनको एजेण्डा उठाएका छन तर ति एजेण्डाहरु कार्यान्वयन तहमा असफल भएका मात्र हुन्। यही असफलताका कारण उधोग, ब्यवसाय, कलाकारिता, कृषि तथा पर्यटन लगायतका सबै क्षेत्रहरु प्रभावित भएका छन् ।
हाम्रो दैनिक ब्यक्तिगत जीवनमा पनि यस्को प्रत्यक्ष नकारात्मक प्रभाव परिरहेको छ । अतस्केही सिमित ब्यक्तिहरुको स्वार्थका कारण असफल भएका ति एजेण्डाहरुलाई सफल बनाउनको निमित्त हामी सबैको सकृयताको खाँचो छ । पोखरी फोहर भयो भनेर पोखरीको लेउलाई गाली गर्नु भन्दा त्यो लेउ हटाउन आँफैले पोखरी भित्र छिर्ने हिम्मत गर्नु पर्छ । अतस् सबै पार्टीमा धेरथोर लेउ लागेको छ त्यस्को सरसफाइको लागि हाम्रो सकृयता खाँचो छ ।
मैले आफ्नो राजनैतीक सकृयताको लागि भने नेपाली काँग्रेशलाई चुनेकी छु । मेरो पारिवारिक पृष्ठभुमीले पनि मलाई नेपाली काँग्रेशको सिद्दान्तलाई अंगाल्न सहयोग पुगेको हो । नेपालको राजनैतिक परिवर्तनमा अहमम् भूमिका खेल्ने नेपाली काँग्रेश जस्तो बिशाल पार्टीमा मलाई स्थान दिने आदरणीय पार्टी सभापती तथा सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यु प्रती हार्दिक आभार ब्यक्त गर्दछु ।
साथै मेरो ब्यवसायिक, सामाजिक तथा राजनैतिक यात्राको लागि मलाई संधै हिम्मत,हौशला र उर्जा प्रदान गर्ने मेरो परिवार गण, मेरा अग्रज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरु प्रती म हार्दिक नमन गर्दछु । विगतका दिनमा मैले यो पार्टीको लागि ब्यक्तिगत रुपमा त्यस्तो ठुलो योगदान दिन सकेकी छैन । आगामी दिनमा भने म मेरो मन बचन र कर्मले भ्याए सम्मको योगदान दिने प्रयास गर्नेछु ।
नेपाली काँग्रेशको निती, सिद्दान्त र यस्को मुल्य मान्यतालाई आत्मसाथ गर्दै कुनै ब्यक्तिगत स्वार्थहरु नराखी स्वच्छ रुपमा सामाजिक बिकास र बिसुद्द सेवाको भाव बोकेर आफुलाई एउटा असल कार्यकर्ताको रुपमा चिनाउने प्रयासमा कुनै कमी हुने छैन । साथै, म एउटा कलाकार र ब्यवसायी पनि भएको नाताले यस् दलभित्र रहेर तमाम ब्यवसायी र कलाकर्मीहरुको हक हितको निमित्त आफ्नो आवाज बुलंद गर्नेछु ।
सामाजिक सेवाको पाटोलाई अझ शसक्त रुपमा अगाडि बढाउनको निमित्त नेपाली काँग्रेशसंगको आवद्दताले मलाई थप मार्ग प्रसस्त गराउनेमा विश्वस्त छु । अन्तमा, हरेक ब्यक्तिलाई आ आफ्नो राजनैतिक स्वतन्त्रता छ । मेरो बैचारिक सिद्दान्तसंग मेल खाने राजनैतीक दलसंगको निकटता, आवद्दता वा सहकार्य पस्चात् पनि फरक बिचार राख्ने कुनै ब्यक्ती वा दल प्रती मेरो कुनै पुर्वाग्रह रहने छैन । जो जहाँ रहेपनी, जो जता गय पनि, देश र जनताको निमित्त निस्वार्थ भावले काम गर्न सकौं । जय नेपाल, स्वेता खड्का 🙏






