इटहरी । इण्डियन आर्मी राहुल गुरुङ्गको कथाले बिट मार्न नपाउँदै फेरी अर्को नेपाल आर्मी बेम आले मगरको उस्तै कथा बाहिरीएको छ । ओखलढुङ्गा मानेभञ्जयांगका बेम आले इण्डियन लाहुरे भर्ति हुनकोलागी धरान आएका थिए । त्यही शिलशिलामा उनको भेट इटहरीकी अञ्जना मगरसंग हुन पुग्यो । त्यो भेट बेमकै साथीको पहलमा भएको थियो । साथीले भनेको भरमा मात्र नभई बेमलाई पनि अञ्जना मन परेको थियो ।
थोरै पारिवारिक त थोरै प्रेम यस्तो वातावरणमा बेम र अञ्जनाको मायाको टुसा पलाउन थाल्यो । बेम पनि अञ्जनासंग आफ्नो सबै कुरा मिलेको हुनाले बिहेकोलागी राजी नै भए । कहाँ इण्डियन आर्मी हनकोलागी धरान झरेका उनी कहाँ नेपाल आर्मी भएर अञ्जनासंगको भेट । यो कुरालाई बेमले भाग्यको खेल पनि मान्दछन् । उता अञ्जनाले पनि बेमलाई मनैमनमा मन पराएको हुनाले मागी विबाह गर्नकोलागी घरमा माग्न आउनु भनिन् । एकअर्काले मन पराई सकेको अवस्थामा परिवारको पनि स्वीकृति पाएपछि अन्तत बेम र अञ्जनाको बिहे वि.सं. २०६७ सालमा भयो ।
सबैको सहमतिमा भएको विबाहले केही वर्ष निकै राम्रो सम्बन्धमा बेम र अञ्जनालाई बाँधि राख्यो । सोही समयमा बेमले अञ्जनाको पढ्ने इच्छा बुझेर उनलाई पढाएछन् पनि । अञ्जनाले पनि मन लगाएर ब्याचलर गरिछन् । समय बेम र अञ्जनासंगै थियो । सबै कुरामा उनीहरुको जीवनमा ठीकै थियो । तर कतिबेला समयले अञ्जनालाई बेमको जीवनदेखि पर पुर्याइदियो त्यो भने बेमले पत्तै पाउन सकेनछन् । श्रीमतीबाट पाएको धोकाको पिडालाई रुँदै यसरी सुनाउँछन् बेम आले मगर…………भिडियोसहित






