काठमाण्डौ । अहिले टिकटक र सामाजिक सञ्जालमा भाइरल भइरहेको गीत ‘मिलेन लेबल तेरो बाउ बोला ए’ र्याप गाएर चर्चामा आएका जी–बब नामले परिचित सुदीप भण्डारीले ‘ए मेरो हजुर ४’ का लागि गीत गाएका छन् । ‘भाग भाग अब धेर न दे धाक’ बोलको गीतमा उनकै शब्द तथा संगीत रहेको छ । गीतको भिडिओमा पनि जी–बब देखिएका छन् ।
साथै फिल्मका अभिनेता अनमोल केसी र सुहाना थापालाई पनि देख्न सकिन्छ । संजय लामाले छायांकन गरेको भिडिओलाई साहिल खानले सम्पादन गरेका छन् भने यसमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ । शनिबार बेलुका सार्वजनिक भएको गीतले २४ घण्टा नपुग्दै ८ लाख भन्दा बढी भ्यूज पाएको छ ।
यो समाचार तयार गर्दा गीतले ८ लाख बढी भ्यूज पाएको छ भने १ लाख १२ हजार लाइक पाएको छ भने ५ हजार ५ सय बढी कमेन्ट पाएको छ । कमेन्टमा अधिकांशले जी–बबको तरिफ गरेका छन् । झरना थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायत कलाकारहरूको अभिनय छ ।
फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन् । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ । ‘ए मेरो हजुर ४’ बाट गायक दुर्गेश थापाको छोटो अवधिमा रहेको दृश्यलाई हटाईएको र उनको स्थानमा जी–बबको गीतलाई राखिएको भन्ने हल्लाले बजार तताएको छ । भिडियो






