नवलपुर । तनहुँ कारागारमा थु नामा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको नवलपुर जिल्ला अदालतले पनि पुर्पक्षका लागि थु नामा पठाउने आदेश दिएको छ । उनलाई पुनः तनहुँको दमौली का रा गा रमै फिर्ता पठाउने आदेश दिइएको हो । शाहमाथि एक किशोरी गायिकालाई ब ला त्का र गरेको अभियोग लागेको छ ।
एक वर्षअघि सुटिङका क्रममा तनहुँ र पूर्वी नवलपरासीको गैंडाकोटमा पुग्दा शाहले छुट्टाछुट्टै स्थानमा ब ला त्का र गरेको भन्दै किशोरीले दुबै जिल्लाको प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा तनहुँ का रा गा रमा थुनछेक बहसहुँदा शाहलाई पुर्पक्षका लागि थु नामा पठाउने आदेश भएको थियो । कारागारबाटै शाहलाई थु न छेकका लागि नवलपुर पुर्याएको हो ।
अदालतमा बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थु नामा पठाउने आदेश भएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए । मंगलबार शाहको बयान सकिएपछि बुधबार थु न छे क बहस भएको हो । आदेश बुधबार राति अबेर आएको हो ।
‘प्रमाणका आधारमा शाहलाई दमौली कारागारमै फिर्ता पठाउने आदेशमा भएको छ ।’ अधिकारीले भने । किशोरीको तर्फबाट ३ जना सरकारी वकिल र २ जना कानुन व्यवसायीसहित ५ ले बहस गरेका थिए । शाहका तर्फबाट ९ जना कानुन व्यवसायीले बहस गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए ।
किशोरीको तर्फबाट बहस गर्ने सरकारी वकिलसहितका कानुन व्यवसायीले अभियोगमा दोषी देखिएकाले शाहलाई १२ देखि १४ वर्षसम्मको कैद सजायसहित ४ लाख जरिवाना र उचित क्षतिपुर्तिको माग गरेका थिए । त्यस्तै अभियुक्त शाहको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले रि हा हुनुपर्ने माग गरेका थिए ।
शाहको तर्फबाट बहस गर्नेमध्येका अधिवक्ता गणेश अधिकारीले अभियोग प्रमाणित हुने प्रमाण नरहेकाले झुठा मु द्दामा फसाउन खोजिएकोले उनलाई रिहा गर्न माग गरेको बताए । आफूमाथि ब ला त्का र भएको भन्दै किशोरीले एक महिनाअघि नवलपुर अदालतमा ज ब र ज स्ती क र णीको मु द्दा दर्ता गरेकी थिइन् ।






