काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोलु करिडोरको प्रसारण लाइनको उद्घाटन गरेका छन् । नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा आज शनिवार आयोजित समारोहमा उहाँहरूले एक सय ३२ केभी प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।
सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिलासम्मको प्रसारण लाइन ९० किलोमिटर लामो रहेको छ । करिडोरमा तीन सय दुई वटा टावर रहेका छन् । सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय
ग्रिडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भएको हो । सोलु करिडोर नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बै्कको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । योपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्राथमिक तह परीक्षा केन्द्रको निरीक्षण गरेका छन् ।
मन्त्री पौडेलले शनिबार ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय, त्रिपद माध्यमिक विद्यालय र मदन स्मारक माध्यमिक विद्यालय केन्द्रको निरीक्षण गरेका हुन् । प्राथमिक तहको परीक्षा निरीक्षण गर्दै मन्त्री पौडेलले परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन निर्देशन दिए ।
परीक्षा सम्पन्न गरेकोमा मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई धन्यावाद ज्ञापनसमेत गरेका थिए । आयोगले लिएको माध्यमिक तहको परीक्षामा ३६ हजार, निमावि तहमा ८६ हजार बढी र प्राथमिक तहमा १ लाख ३५ हजार बढी परीक्षार्थी सहभागी भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिए ।






