काठमाण्डौ । ज ब र्जस्ती क र णी मु, द्दामा बिहीबार तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई पुर्पक्षकोलागि कारागार चलानको आदेश दियो । पल कारागार चलान भएसँगै उनीमाथि लगानी गरेका निर्माताको झण्डै तीन करोड रुपैयाँ जोखिममा परेको छ । नाबालिग भनिएकी गायिकामाथि जबर्जस्ती करणी गरेको अभियोगपछि पलले फिल्म ‘२ नम्बरी’ गुमाए ।
लकडाउनअघि १० दिन सुटिङ भएको उक्त फिल्मबाट पलले एड्भान्स पारिश्रमिक समेत बुझिसकेका थिए । फिल्मको १० दिनको सुटिङ खेर गएन मात्रै निर्माताले १५ लाख रुपैयाँ पनि गुमाए । सुरज सुब्बाले निर्देशन गर्न लागेको फिल्म ‘हृदयभरि’को झण्डै २ करोड लगानी पनि जोखिममा परेको छ ।
पललाई मुख्य भूमिकाको लागि अनुबन्धित गर्दै निर्देशक सुब्बा छायांकनमा जाने तयारीमा थिए । फिल्ममा पलको जोडीको रुपमा श्रद्धा क्षेत्रीलाई अनुबन्ध गरिएको थियो । पल थुनामा गएसँगै यो प्रोजेक्टको भविष्य पनि तत्काललाई अन्योलमा परेको छ ।
ब लात्का रको मु द्दा दायर हुनुअघि पलले तीन दर्जन जति म्युजिक भिडियोबाट समेत एड्भान्स पारिश्रमिक लिएको निकट स्रोतहरु बताउँछन् । यो रकम झण्डै २० लाख जति हुन आउँछ । म्युजिक भिडियोबाहेक उनले केही फिचर फिल्ममा पनि सम्झौता गरेका थिए । अनलाईनखबरबाट






