काठमाण्डौ । विश्वकर्माको घरमा बाहुनकी छोरीले भाँडा माझ्दै गरेको दृश्य हेर्दा लाग्न सक्छ कुनै फिल्मको कथा हो । तर होइन । वास्तवमा नै विश्कर्माको घरमा बाहुनकी छोरीले भाँडा माझ्ने मात्रै हैन घरका सबै काम गर्ने गर्छिन् । उनी हुन् सपना खनाल । उनले सागर विश्कर्मासंग आजभन्दा ३ वर्षपहिले भागेर विबाह गरेकी थिईन् । स्कूल पढ्दा सागरसंग माया बसेकी सपनाले सागरको जात र थरभन्दा पनि उनी भित्रको मानवतालाई पहिलो स्थानमा राखिन् र सागरसंग बिहे गरिन् ।
सपनाको भनाई अुनसार सागरले उनलाई मन पराएर प्रेम प्रस्ताव राखेका रहेछन् । सागरले आफुलाई प्रेम राख्दा शुरुमा आफुले सागरलाई त्यति भाउ नदिएको उनी बताउँछिन् । उनी भन्छिन्,‘शुरुमा उहाँले नै मन पराउनु भएको थियो । मन पराई सकेपछि मलाई प्रेम पस्ताव राख्नु भएको थियो । तर मैले खासै भाउ दिईन । तर उहाँले मलाई निरन्तर माया गरि रहनु भयो र मेरो मन पनि पग्लीयो अनि मैले पनि माया गर्न थालें ।’ यसो भनिरहंदा उनी अझैं पनि सागरले पहिलो पटक प्रेम प्रस्ताव राख्दा झैं लजाई रहेकी थिईन् ।
भनिन्छ माया प्रेममा कुनै बन्धन हुँदैन । यो कुरा सपना र सागरको मायामा पनि लागु भईदिएको छ । उनीहरुबीच बसेको माया प्रेमले गाउँघरमा गाईगुई हल्ला फैलन थालेपछि सपनाका परिवारले अन्तै बिहेको लगन गाँसिदिन लागेका रहेछन् । तर साँचो माया गर्नेलाई कस्ले रोक्न सक्छ र ? परिवारल् जति नै सुकै सागरसंग भेट्न र रोक्न प्रयास गरेतापनि अन्त्यमा सपनाले सामाजको हरेक बन्धनलाई तोडेर सागरसंग भागेर बिहे गरिन् । हेर्दा भर्खरै टिन एजमा लागेका जस्ता देखिने यो जोडीले आफ्नो प्रेमलाई सफल बनाएरै छाडे । भिडियोसहित






