काठमाण्डौ । गीतसंगीतमा आफ्नो भविष्य खोज्दै हिंडेका अलिफ खानको यतिबेला भाग्य चम्किएको छ । वर्षौंपछि उनको गीत रेकर्ड भएर उनको सपना त पुरा भएको छ नै साथै उनले तीन करोड नेपालीको मानमा बस्न सफल कार्यक्रम इन्द्रेणीमा पनि काम गर्ने भएका छन् । आलिफलाई ईन्द्रेणीमा कृष्ण कंडेलले आफुसंगै राखेर काम गराउने भएका छन् । ढुंगा खोज्दा इश्वर भेटिएको महसुस गरेका अलिफकोलागी योभन्दा ठूलो खुशीको कुरा अरु के नै हुन सक्छ र ?
ईन्द्रेणमा जाने र गीत गाउने सपना सबै कलाकारको हुन्छ । अलिफको पनि थियो । आज त्यही सपना वर्षौंपछि पुरा भईदिंदा उनी भन्छन्,‘सपना त देखेको थिएँ याहाँ आउने । चाहाना पनि अत्ति नै थियो यहाँ आएर कृष्ण दाईको छेउमै बसेर गीत गाउने । त्यो मेरो सपना र चाहाना दुवै नै केवल म भित्र नै सिमित हुन्छ जस्तो लागेको थियो । तर आज त्यो पुरा भईदिंदा मैले विश्वास नै गर्न सकिरहेको छैन ।’ उनी अगाडी भन्छन्,‘यो ठाउँमा आउन पाउनु र त्यसमाथि पनि कृष्ण दाईसंग गीत गाउन पाउनु मेरोलागी भाग्यको कुरा हो ।’
अलिफलाई आफ्नो कार्यक्रममा आउनु पुर्व विभिन्न युट्वहरुमा अन्तरवार्ता दिंदै गरेको देखेका ईन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले आफ्नै छेउमा नै अलिफलाई पाउँदा उनले पनि आफ्नो खुशी साँटेका छन् । सञ्चालक कंडेलले अलिफको सालिनताको तारिफ गरेर थाकेनन् । आलिफ जस्तो र जत्तिको प्रतिभा भएको कलाकारलाई ईन्द्रेणीमा राखेर काम गराउन पाउनु ईन्द्रेणीकैलागी पनि एउटा शानको कुरा रहेको उनले बताएका छन् । ईन्द्रेणीमा काम गर्ने अवसर पाएका अलिफले भने पहिला आफुले घरसल्लाह गर्ने पनि बताएका छन् । भिडियोसहित






