काठमाण्डौ । नाबालिगमाथि कर णी गरेको आरोप लागेका कलाकार पल शाह (पूर्णविक्रम) र उनका म्यानेजर कृष्ण जोशीविरुद्ध मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पलले १६ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको र जोशीले मतियारको भूमिका निर्वाह गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो ।
पीडित १६ वर्षभन्दा कम उमेरकी भएकाले पलमाथि १२ देखि १४ वर्षसम्मको कैद सजाय र क्षतिपूर्तिको मागदाबीसहित मुद्दा दर्ता गरिएको जिल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताए। ‘त्यस्तै निजका सहयोगी कृष्ण जोशीले मतियारको भूमिका निर्वाह गरेको देखिएकाले उनीमाथि आधा सजायको माग गरेका छौं,’ उनले भने ।
पलको बयान जस्ताको त्यस्तैः
मैले मिति २०६९ सालमा कलाकारिता क्षेत्रमा प्रवेश गरी नेपाली चलचित्रमा नायकको भूमिका निर्वाह गर्दै म्युजिक भिडियोहरुमा अभिनय समेत गर्दै आएको छु । सोही क्रममा राम्रो स्वर भएकी गायिका १६ वर्षीयासँग गत असोज २२ गते काठमाडौं साँखुमा भेट भई चिनजान भएर फोन नम्बर आदान–प्रदान भएको थियो। हामीहरूबीच फोन तथा म्यासेन्जरमा कुरा हुने गर्थ्यो ।
म्युजिक भिडियो सुटिङ गर्ने क्रममा हामीहरु विभिन्न स्थानमा गई बस्ने गरेका थियौं। गत वैशाख १४ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसी राति अबेरसम्म बि’य’र खाँदै पीडित र मैले म्यासेज आदानप्रदान गरेका थियौं । राति अन्दाजी ११ः४५ बजेतिर हामीले खाई बाँकी रहेको बोतलको बि’य’र लिएर पीडित भनिएकी नाबालिग सुतेको कोठामा गई ढोका ध’केली भित्र पसी बि’य’र खान दिई फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ ।
पीडित भनिएकी नबालिकाले ०७८ सालको जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाइँ र मेरो स’म्ब’न्ध अरुले थाहा पाए । मलाई गाह्रो भयो, मेरो म’हिना’वा’री रोकियो । तपाइँले मलाई स्वीकार्नु पर्छ भन्ने समेतको शब्द म्यासेजमा मलाई प्रेसित गरेकी थिइन् । त्यसपछि ०७८ सालको असार महिनामा काठमाडौंको बानेश्वरमा पीडित, पीडितको आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी,
मेरो म्यानेजर कृष्ण जोशी र मसमेत भई छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ । पीडित १८ वर्षभन्दा कम उमेर नाबालिका हुन भन्ने कुरा मलाई पूर्णरूपमा थाहा जानकारी थियो ।
पीडित पक्षले पेस गरेको अडियो रेकर्डमा भएको स्वरमध्ये गर्लफ्रेन्ड (ब्वाई फ्रेन्डबीच हुनु भनेको नर्मल (सामान्य) हो भन्ने समेतका शब्दहरू रहेको आवाज मेरो आफ्नै हो । पीडित बालिकाले आफूसँग विवाह गर्छु भन्दै शाहले पटक पटक कर णी गरेको बयानका क्रममा बताएकी छन् । पीडित बालिकाले शाहका म्यानेजर कृष्ण जोशीले आफूलाई शाहसँग घुम्न जान बा’ध्य बनाउने गरेको र सुटिङका क्रममा कतै बास बस्दा शाहसँगै एउटै कोठामा बस्न बा ‘ध्य बनाउने गरेको बयानका क्रममा उल्लेख गरेकी छन् ।
‘मेरो सानैदेखि सांगीतिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग चिनजान भइ सँगै कार्यक्रममा जाँदा, भिडियो सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेँ,’ पीडितले प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘हामीबीच मायारप्रेम रही आएको अवस्थामा मिति २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा, २०७७ चैत ७ गते गैँडाकोटस्थित रिसोर्टमा कर णी गरेका हुन् ।’
पीडित किशोरीको बुबाले दिएको पूरक जाहेरीमा पनि जोशीले शाहसँग ‘स’म्बन्ध रा’ख, तिमीलाई विवाह गर्छ, तिम्रो भविष्य राम्रो हुन्छ’ भनेर फकाएर एउटै कोठामा बस्न बा’ ध्य पारेर कर णी गर्ने व्यवस्था मिलाएको भनिएको छ । कर णी भएपछि त्यसबारे कसैलाई नभन्न, प्रहरीमा उजुरी नगर्न र मिल्न द’बा’ब पनि उनले दिएको अभियोगपत्रमा उल्लेख गरिएको छ । ‘मुख्य अपराधीलाई जोगाउन उनले आपराधिक षड्यन्त्रको कसूर गरेका थिए’ पूरक जाहेरीमा उल्लेख छ ।
शाहका म्यानेजर जोशी स्वयंले पनि बयानमा पीडितलाई प्रलोभनमा पार्न खोजेको स्वीकारेका छन् । उनले किशोरीबारे सूचना संकलन गर्न एक जनालाई प्रलोभन देखाएको पनि खुलाएका छन् । ‘मलाई शाहले पुनः म्यानेजरको जिम्मेवारी दिएकाले मैले पीडित नाबालिकालाई एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउँ भन्दा पीडितले उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ’ जोशीले भनेका छन्, ‘अधिकारीले भने अनुसार काम नगरेकीले उनलाई धम्कीपूर्ण म्यासेज पनि पठाएको थिएँ ।’
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सुरुमा मासिक २५ हजार रुपैयाँमा काम गरिरहेका म्यानेजर जोशीको शाहसँग मनमुटाव भएपछि २०७८ असारमा म्यानेजरबाट हटाइएका थिए । तर केही समयपछि विवाद सुरु भएपछि शाहले उनलाई सम्पर्क गरेर तलब दोब्बर बनाएर सहयोग गर्न भनेका थिए । ‘त्यसपछि नै उनले पीडितलाई प्रलोभन देखाउन र उनको हरेक गतिविधिबारे सूचना संकलन गर्न थालेका थिए’ ती अधिकृत भन्छन् ।






