काठमाण्डौ । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा कर णी मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध मु द्दा दर्ता गराएको हो । १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई कर णी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।
गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अ’परा’ध सं’हिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार
शाहविरुद्ध मुलुकी अ’परा’ध सं’हिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका कर णी गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए । त्यस्तै यौ’ ‘न हिं’ ‘सा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख छ ।
सोही अनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत मागदाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए । शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने उनको भनाइ छ । नवलपसारीमा अनुसन्धानपछि शाहलाई तनहुँ लगिएको थियो ।
पलको बयान यस्तो
नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा प्रतिवादी शाहले आफूले कर णी गरेको कुरालाई अस्वीकार गरेका छन्। पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुको सुटिङ सकिएको दुई तीन महिनापछि पीडीतले आफूलाई फोन गरि बाहिर स’म्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरुबीच वि’वा’द भएको जाएका छन् ।
बि’बाद बढ्दा जाँदा ‘तिमी आफ्नो तरिकाले गर भनि बा’दबि’बाद भएको केही समयमा पीडीतको तर्फबाट प्रहरीमा उजुरी परेको’ उल्लेख गरेको बयानमा भनिएको छ । रिसोर्टमा आफूले पीडितलाई मा’द’क प’दा’र्थ स’व’न ग’राई ज’ब’रज’स्ती क’र’णी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, ‘म र पीडितबीच प्रेम सम्बन्ध थिएन ।’
जिल्ला सरकारी वकिलको कार्यालय नवलपुर (नवलपरासी पूर्व) ले कम्तीमा पनि ६ वटा प्रमाणहरु जुटाएर कलाकार पल शाहविरुद्ध कर णी को मुद्दा दायर गरेको छ । प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनका आधारमा शाहमाथि १४ देखि १६ वर्षसम्मकी किशोरी कर णीको अभियोगमा अधिकतम (१४ वर्ष) कैद सजायको मागदावी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार, पीडितको बाबुको जाहेरीका आधारमा अनुसन्धान अघि बढेपनि अन्य प्रमाणहरुले त्यसको पुष्टि गरेकाले मुद्दा दायर भएको हो । ‘हामीले सबै कोणबाट हेर्दा घटना पुष्टि हुने आधार र प्रमाण फेला पारेका छौं’ एसपी महर्जनले भने, ‘१४ वर्षदेखि १६ वर्षकी बालिका कर णीको आरोपमा १२ देखि १४ वर्ष कैद सजायको व्यवस्था छ । हामीले अधिकतम सजाय हुनुपर्छ भनी मागदाबी गरेका छौं ।’
प्रहरीले ६ फरक प्रमाणले कर णीको पुष्टि हुने दाबी गरेको छ । पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाहसहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए । त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर ज’ब’र्ज’स्ती गरेको अभियोगमा उल्लेख छ । त्यो व्यहोरालाई पीडितले प्रहरीसँगको बयानका क्रममा समेत पुष्टि गरेकी छन् ।
नवलपुरका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार, रिसोर्टको अभिलेखले कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको पुष्टि हुन्छ । रिसोर्टका सञ्चालकको बयानले त्यो दिन कलाकारहरु रिसोर्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै कलाकार शाहले म’दि’रा से’व’न ग’रेको समेत उल्लेख छ ।
यसबाहेक कलाकार दुर्गेश थापाले समेत बयान गरेका छन् । उनले त्यो दिन आफू समेत रिसोर्टमा गएको र पीडितका साथै कलाकार शाह पनि त्यहीँ रहेको बयान दिएका छन् । त्यसबाहेक सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको अडियो रेकर्डसमेत अभियोगपत्रका साथमा प्रमाणको रुपमा पेश भएको छ, जसमा कलाकार शाहले ‘शा’री’रि’क स’म्ब’न्ध भएकै कारण आफूले पीडितलाई विवाह गर्न बा’ध्य नहुने’ अभिव्यक्ति थिए ।






