काठमाण्डौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु नपर्ने बताएका छन् । धनगढी विमानस्थलमा पत्रकारसँग उनले आफूले पूरै गीत हेर्न नभ्याए पनि मिडियाबाट थाहा पाएको भन्दै गीतलाई लिएर कोही आवेगमा आउन नपर्ने बताएका हुन् ।
शान्ति प्रक्रियामा ल्याएर माओबादीले बर्बाद गर्यो भनियो भने गलत हुने तर सशस्त्र द्व न्द्वका विषयमा केही टिप्पणी भने गर्न सकिने उनको भनाइ छ । सशस्त्र द्व न्द्वका विषयमा बहस भइरहने भएकाले यसबारे हुने तर्क वितर्क, पक्ष विपक्षलाई स्वाभाविक रूपले लिनुपर्ने प्रचण्डको भनाइ छ । प्रकाश सपुतको गीतले जनयु द्धको अवमूल्यन गरेको भन्दै माओबादीका एकथरी नेता कार्यकर्ताले विरोध गरिरहेको बेला प्रचण्डको यो भनाइ आएको हो ।
सशस्त्र यु द्धमा सहभागी महिला छा पा मा रहरु दे ह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति आपत्ति जनाउँदै माओबादीका जनवर्गीय सङ्गठनका केही नेताले गीतको म्युजिक भिडियो युट्युबबाट हटाउन चेतावनी पनि दिएका छन् । तर अध्यक्ष पचण्डको अभिव्यक्तिपछि माओबादी पार्टीमा अब कस्तो खालको तरंग पैदा गर्ला यो भने हेर्न बाँकि नै छ ।






