काठमाडौ । पछिल्लो समय नेपाली सिने जगतका कलाकारहरुको विबाहको लगन धमाधम जुरि रहेको बेला गायिका आस्था राउतको पनि विबाहको कुरा चलेको छ । यो कुरा अरु कसैले नभएर गायिमा आस्था स्वयमले बताएकी छन् । सांगितिक क्षेत्रमा राम्रो स्थान बनाएकी आस्थाले आफ्नो विवाहको योजना बनाएको स्वीकार गरेकी छन् ।
विबाहको विषयमा उनी भन्छिन्,‘करियरका साथै म आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि सोँचिरहेकी छु । किनकी जीवनमा कोही न कोही चाहिन्छ । त्यसैले अब बिहे गर्ने सोँच आइरहेको छ ।’ विबाह गर्ने कुरा प्रष्ट गरेकी आस्थासंग तपाईँको रोजाई को हो भन्ने प्रश्नमा उनले जवाफ दिईन्,‘जस्ले म र मेरो म्युजिक क्षेत्रलाई बुझ्ने छ र इमान्दार अनि विश्वाससिलो हुनेछ मेरो विहे त्यसैसँग हुनेछ ।’
गायिका आस्थाको बिहेको कुरा चलेकै केही दिन अघिमात्र गायिका अञ्जु पन्तको पनि विबाहको चर्चा चलेको थियो । गायिका पन्तले त विवाहको तयारी समेत गर्दैछिन् । उनको विवाहको लुगा पनि तयार हुँदै भन्ने समाचार सार्वजनिक भएका छन् ।






