काठमाण्डौ । प्रकाश सपुतको पीर गीतवारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिकृया दिएका छन् । गायक प्रकाश सपूतको पछिल्लो गीति भिडिओ ‘पीर’ का कारण नेकपा माओवादी केन्द्रमा हलचल भएको छ । केही नेताहरुले प्रकाश सपुतलाइ युट्युववाट गीत हटाउन सार्वजनिक चेतावनी दिएका छन् ।
यद्धपी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गीतलाई लिएर धेरै उत्तेजित हुन आवश्यक नभएको प्रतिकृया दिएका छन् । अनेमसंघको तेस्रो पूर्ण बैठकलाई मंगलबार काठमाण्डौमा सम्बोधन गर्दै ओलीले ‘पीर’ गीतिबारे माओबादीलाई कटाक्ष गरेका हुन् । उनले आफूलाई गीत गाउन, गुनगुनाउन नआउने भन्दै तिम्रो मायाले मलाई पीर दियो गीतको एक लाइन पनि सुनाए ।
अहिले ‘पीर’ गीत बडो प्रचलित छ । खुबै यसको चर्चा सुनेका छौँ हामीले, ओलीले भने, ‘यो गीतले कुनै कुनै पार्टीलाई उधुमै भएको छ । उनले आफूले गीत गाउनु नपरेपछि सिक्न दुखै नगरेको पनि बताए । ‘मैले गीत गाउनु छैन भने सिक्न, दुख गर्नु परेन, उनले भने,’कुनै खेल जित्नु छैन भने अभ्यास गर्नै परेन ।’






