काठमाण्डौ । कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफल मिर्गौला प्रत्यारोपण भएको छ । आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण सफल भएको हो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।
होस आउन भने केही समय लाग्ने उनले बताए । बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रियामार्फत उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरिएको हो । पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दान दिएका हुन् ।
प्रत्यारोपणपछि अहिले पल्पसालाई चिकित्सकीय निगरानीमा राखिएको छ । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसाको पाँच वर्षअघि देखि मिर्गौलामा समस्या देखिएको थियो । पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो ।
हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसा ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किएकी थिइन् । उनी फर्किएसंगै उनका दर्शकहरुका साथ साथै उनको टीमले खुशी व्यक्त गरेका थिए । उपचारपछि उनी पहिलो पटक आफ्नो टीमले गर्दै गरेको सूटिंग स्थलमा गएकी थिईन् । त्यतिबेला उनलाई हर्षउल्लास्ले स्वागत गरिएको थियो ।






