काठमाण्डौ । ज ब र ज स्ती क र णीको मु द्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हि रा स तमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् । आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ ।
१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक ब ला त्का र र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । फागुन ११ मा बा लि काले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा तनहुँको शु क्ला ग ण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापाको घरमा पलले बलात्कार गरेको जिकिर गरिएको छ ।
तनहुँ प्रहरीले घरधनी प्रदिप थापा र उनकी पत्नीसँग ब या न लिएको छ । घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्‘त्यसदिन पल र बा लि का सँगै बसेका हुन् ।’ घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बा लि का को उजुरीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् ।
कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले गत बुधवार दमौलीमा गएर बयान दिएका थिए । आइतबारसम्म ५ जनाको बयान सकिएको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताए । उनले भने,‘बयानसँगै प्रमाण संकलन गर्ने काम भइरहेको छ ।’ आ रो पी पल शाहले चाहिँ ‘बलात्कार’ अस्वीकार गरेका छन् ।
तनहुँका अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीसँगको बयानमा शाहले आ रो प अस्वीकार गरेका हुन् । प्रहरीले पी डि त बालिकाको पनि घटना विवरण कागज गराएको छ ।
नवलपरासी प्रहरीको पत्र
पल शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि उजूरी परेको छ । ब ला त्का र मु द्दामा अनुसन्धान र बयानका लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले शाहलाई उपस्थित गराइदिन भन्दै तनहुँ प्रहरीलाई पत्र लेखेको छ ।
जिल्ला अदालत पूर्वी नवलपरासीले उनलाई प क्रा उ गर्न छुट्टै पक्राउ अनुमति जारी गरेको छ । प्रहरीले पनि छुट्टै मिसिल तयार गरेको छ । पललाई केही दिनमा पूर्वी नवलपरासीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका एकजना अधिकृतले बताए ।
युट्युबरले तनहुँ छाडे
अनुसन्धानलाई प्रभावित पार्नेगरी सामग्री प्रसारण गर्न थालेपछि गृह मन्त्रालय र साइबर ब्यूरोको चे ता व नी सँगै युट्युबरले तनहुँ छाडेका छन् । प्रहरीले का र वा हीको तयारी गरेसँगै यु ट्यु ब रले तनहुँ छाडेको तनहुँमा कार्यरत एकजना प्रहरी अधिकृतले बताए ।
मानव अधिकार आयोगले पनि अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गतिविधि नगर्न आग्रह गरेको छ । प्रहरीको साइबर ब्यूरोले यु ट्यु व भिडियो र टिकटक पोष्टमाथि निगरानी गरिरहेको जानकारी दिँदै त्यस्ता क्रियाकलाप गरे वि द्यु ती य कारोबार ऐन अन्तर्गत कारबाही गर्ने चे ता व नी दिएको थियो ।
सामाजिक सञ्जालमार्फत अ फ वा ह फैलाउने र अनुसन्धान प्रभावित पार्नेलाई का र वा ही हुने गृह मन्त्रालयको चे ता व नी र प्रेस काउन्सिलको चेतावनीपछि यु ट्यु ब रले तनहुँ छाडेका हुन् । प्रेस काउन्सिलले १६ युट्युब च्या न ल माथि अनुसन्धान गरेर कारवाही अघि बढाउन सा इ ब र ब्यूरोलाई सिफारिस गरेको छ ।






