तनहुँ । नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।
जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार तनहुँ जिल्ला अदालतले अनुमति दिएको हो ।

यसअघि अदालतले उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि फागुन १२ गते शाहले तनहुँ प्रहरीसमक्ष गिरफ्तारी दिएका थिए ।
अदालतबाट पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति
अदालतबाट पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






