काठमाण्डौ । पछिल्लो समयको निकै नै ताजा र हट न्यूज बनिरहेको छ अभिनेता तथा मोडेल पल शाह र १७ वर्षे नाबालिका भनिएकी नव गायिकाको विषय । आईतबार जब अभिनेता शाहले प्रहरी सामू आफुलाई समर्पित गरे तबदेखि त झनै माहोल बदलिएको छ ।
उनका फ्यानहरुले पल निर्दोष रहेको र उनले न्याय पाउनु पर्छ भन्दै तनहुँ प्रहरी चौकी अगाडी विभिन्न नाराका प्ले कार्ड बोकेर उनको समर्थनमा उभिरहेका छन् । यो विषयमा पलका सबैले आफ्ना आफ्ना विचारहरु व्यक्त गर्दै आईरहेका छन् । यसैबीच रेस्लर मुनाले पनि आफ्ना केही धारणा सार्वजनिक गरेकी छन् । उनले पलको पक्ष लिँदै घटना तत्काल उठाउनुपर्ने बताइन् ।
उनले आफुलाई पनि ति किशोरीलाई जस्तै समस्या परेको तर आफुले त्यती बेला त्यो कुरा सार्वजनिक गर्न नसकेकाले अहिले आफुले त्यो घटना कहिल्यै सार्वजनिक नगर्ने बताइन् ।उनले त्यस्तो ठूलो घटना पनि लामो समय गोप्य राखेर पैसा र अन्य कुराको मोल मोलाई गर्न नहुने बताउँछिन् । भिडियो






