तनहुँ । अभिनेता पल शाह र नाबालिका भनिएकी १७ वर्षिय गायिका घटनामा बयान दिनकालागी दुर्गेशका साथी योगेश काजीलाई प्रहरीले बयानका लागि बोलाएको छ । योगेश प्रहरीलाई बयान दिनभनि तनहुँ पुगेका छन् । प्रहरी कार्यालय अगाडी पुगेका उनलाई केही मिडियाकर्मीले घेरेर प्रश्न गरेका थिए । उनी अब प्रहरीमा वयान दिन आएको र जे कुरा हो प्रहरीलाई बताउने भन्दै प्रहरी कार्यालय भित्रिएका छन् ।
अभिनेता तथा मोडेल पलले आइतबार तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका हुन् । उजुरी दिएको चौथो दिनमा उनले आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरेको छ । प्रहरीमा उजुरी परेपछि पल शाहले पनि केही अडियो सार्वजनिक गर्दै आफु विरुद्ध षडयन्त्र भएको बताएका थिए । ति मध्य उनकै अति मिल्ने साथी दुर्गेश थापाको नाम पनि परेको छ ।
अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेपछि अहिले मिडियाकर्मी र फिल्मकर्मीको भिड तनहुँमा लागेको छ । पलका फ्यानहरु प्रहरी कार्यालय अगाडी जम्मा भएका छन् । एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित कर णीको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्रहरी हिरासतमा छन् ।






