तनहुँ । एक १७ वर्षीया गायिकालाई ब ला त्का र गरेको आरोप लागेका अभिनेता पल शाहलाई सात दिन हि रा स तमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । अभिनेता शाहले आज आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि सात दिन हि रा स तमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अभिनेता पल शाहले आज दिउँसो १२ः १५ बजे जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्पण गरेका थिए । आत्मसमर्पण गरेका शाहलाई आज नै दमौली अस्पतालमा स्वास्थ्य परीक्षण, जिल्ला सरकारी वकिल कार्यालयमा बयान र तनहुँ जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा गएको फागुन ११ गते उजुरी दर्ता भएपछि फ रा र रहेका भनिएका नायक शाहले आज (आईतबार) बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै स्वास्थ्यमा देखिएको समस्याका र केही घरायसी व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसके उल्लेख गरेका थिए ।
प्रहरी सम्पर्कमा आएका अभिनेता शाहसँग आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । अभिनेता शाह प्रहरी सम्पर्कमा गएदेखि नै देशैभरी उनका फ्यानहरुले उनले सफाई पाउनेमा आशा व्यक्त गरेका छन् ।
उनकालागी प्रार्थनाहरु गरेर अभिनेता शाहको हौसला बढाईरहेका छन् । शाहले पनि आफ्ना फ्यानहरुलाई प्रहरीको गाडीमा बस्दै गर्दा ‘म यहीं छु’ भनेर आफ्नालागी चि न्ता व्यक्त गरिरहेकाहरुप्रति उनले सान्तवना दिएका थिए ।






