काठमाण्डौ । नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गरेका छन् । ना बा लि ग गायिकाले ज ब र ज स्ती क र णीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फ रा र रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।
शाहले सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताउँदै आईतबार प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । पलले आफैले सामाजिक सञ्जाल मार्फत समयमै प्रहरी समक्ष उपस्थित हुन नसकेको कुरामा नेपाल प्रहरीसंग माफी मागेका छन् ।

पलले मागेको माफी र प्रहरी समक्ष आफुलाई गरेको आत्मसमपर्णलाई अभिनेत्री पूजा शर्माले सम्मान गरेकी छन् । पूजाले सामाजिक संजालमा पलले सार्वजनिक गरेको आत्मसमर्पण गर्ने स्टाटस पोष्ट गर्दै लेखेकी छन् , ‘सम्मान छ रियल हिरोलाई । सत्यको जित अवश्य हुनेछ ।’
पल र पूजा अभिनित फिल्म ‘म यस्तो गित गाउँछु २’ देशभर शुक्रबारबाट प्रदर्शन भइरहेको छ । पूजा पछिल्लो समय पलको तस्बिर अंकित टिसर्ट लगाएर सार्वजनिक कार्यक्रममा देखिने गरेकी छन् । देशैभरीको फिल्म हलहरु दर्शले हाउस फुल भएको हल सञ्चालकहरुले बताएका छन् ।
उता अभिनेता पलले भने आत्मसपर्ण गर्नुअघि आफुले आफ्नो टीम र दर्शकसंग संगै बसेर आफुले अभिनय गरेको फिल्म हेर्न नपाएकोमा क्षमा मागेका छन् । साथै उनले नेपाल सरकारलाई दर्शंकसंगै बसेर फिल्म हेर्ने अवसर मिलाई दिनकालागी पनि अनुरोध गरेका छन् ।






