काठमाण्डौ । अभिनेता पल शाह अब ७ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ । अदालतले प्रहरीलाई त्यो अुनमति दिएको छ । एक जना १७ वर्षकी किशोरीले आफुलाई इच्छा विपरित कर णी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अभिनेता पल शाह कानुनी दायरामा आएका छन् । उनी उजुरी परेको ५ दिन पछि प्रहरीको सम्पर्कमा पुगेका छन् । उनी तनहुँ जिल्ला प्रहरी कार्यालयमा पुगेका हुन् ।
पल शाह पक्राउ परेपछि उनलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतले पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पल आइतवार प्रहरीसमक्ष आफैं उपस्थित भएका थिए । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद थप भएको तनहुँ प्रहरीले जनाएको छ ।
गत बुधवार पलविरुद्ध जाहेरी परेको थियो । यस्तै पीडितका बुबाले पलविरुद्ध आइतवार नवलपुरमा पनि जाहेरी दर्ता गराएका छन् । पललाई ति किशोरीले गैँडाकोट स्थित एक होटलमा पनि चैत महिनामा कर णी गरेको आरोप लगाउँदै उजुरी दिएकी हुन् । जाहेरी दिन उनी आफ्ना बुवाका साथमा नवलपुर पुगेकी थिइन् ।






