काठमाण्डौ । आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरको गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ । चार दिनअघि उनीविरुद्ध तनहुँमा कर णी आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो ।
प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आ’त्म’स’म’र्प’ण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए ।
मुलुकी अ’प’रा’ध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सहमतिमै यौ’ ‘न स’म्ब’न्ध राखे पनि त्यसलाई कर’ ‘णी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौ’ ‘न स’म्ब’न्ध रा’खेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अ’प’रा’ध संहितामा उल्लेख छ ।
मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको स’म्ब’न्धलाई स्वी’कार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।
गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए ।






