काठमाण्डौ । अभिनेता तथा मोडेल पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । यो समाचार तयार गर्दासम्म उनले आफ्नो समाजिक सञ्जाल मार्फत आफ्ना फ्यानहरुलाई आइतबार प्रहरीकहाँ उपस्थित हुने जानकारी दिएर आत्मसमपर्ण गर्ने बताएका हुन् । नाबालिग किशोरीमाथि करणी गरेको आरोप लागेका शाहले सामाजिक सन्जालमार्फत स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको स्पष्ट पार्दै भगौडा भन्ने आरोप लगाएकाहरुलाई मुख भरीको जवाफ दिएका छन् ।
प्रदर्शनमा आएको आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु–२’ लाई प्रभाव नपरोस् भन्ने हेतुले यसअघि प्रहरीमा उपस्थित हुन नसकेको भन्दै माफी समेत मागेका छन् । उनीविरूद्ध बुधबार एक गायिकाले तनहुँ प्रहरीमा ज’बरज’स्ती क’र’णीको कसुरमा जाहेरी दिएकी छन् । अभिनेता शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक ज’बर’ज’स्ती क’र’णी ग’रे’को आरोप उनले लगाएकी छन् ।
शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती क’र’णी ग’रे’को आरोप लागेको छ । १७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौ’न दु’र्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन् । ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’,
उनले सामाजिक सञ्जालमार्फत माफी माग्दै सानो भिडियो मार्फत यस्तो बताएका छन् ।
नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु । धन्यबाद भिडियो






