काठमाडौ । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्तले दोश्रो बिहे गर्ने भएकी छन् । छोरी परितोषीकाकै सल्लाहमा गायिका पन्तले दोश्रो विबाह गर्न लागेकी हुन् । उनले यो कुराको खुलासा आफै गरेकी छन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध विच्छेद भएपछि उनले छोरीको पालन पोषण एक्लै गर्दै आएकी छन् ।
छोरीको खुसीका लागि आफुले विवाहको बारेमा सोच्न थालेको उनले बताएकी थिइन् । आफुलाई छोरीले अब विवाह गर्नुपर्छ भनेर काउन्सिलिगं गरेको उनको भनाई छ । स्रोतका अनुसार अञ्जुले थीर कोइराला सँग विवाह गर्न लागेका हुन्। उनले विवाह गर्ने मनस्थिती बनाएको स्वीकार गरेपनि कोसंग गर्न लागेकी हुन् भन्ने कुरा भने कतै खुलाएकी भने छैनन् ।
तर उनका नजिककाहरुले उनले थिरसंग विवाह गर्न लागेको बताएका छन् । अञ्जु निकट स्रोतका अनुसार थिर र अञ्जुले विवाह भव्यरुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन् । विवाहका लागि अञ्जु र थीर को अहिले एक चर्चित बुटिकमा लुगा तयार भइरहेको छ । तर, विवाह कहिले भन्नेचाहिँ कतै बाट खुलाईएको छैन ।






