काठमाण्डौ । नेपाली मनोरञ्जन क्षेत्र अभिनेता पल शाह र गायिकाको स’म्बन्धलाई लिएर तातेको छ । दुबैबीच भएको भनिएको अन्तरंग सम्बन्धलाई लिएर बेग्लाबेग्लै धारणा सार्वजनिक भइरहेका छन् । केही दिनयता त यी दुई कलाकारले विगतको सम्बन्धसँग जोडिएका अडियो भाइरल भइरहेका छन् ।
जसमा पलले केही साथीहरुसँग सहयोग लिएर फकाइरहेको र बिहेसम्मका कुरा गरेको सुन्न सकिन्छ । पछिल्लो समय अभिनेता पल शाह र गायिकाको सम्बन्धलाई लिएर च’र्को वि’वा’द देखिएको छ । गायिकाले पलविरु’द्ध सम्पूर्ण प्रमाण आफूसँग रहेको उल्लेख गरिरहेकै बेला पल शाहले उनलाई कसैले उक्साएको बताएका छन् ।
उनीहरुसँगै देखिएको भोलिपल्ट गायिकाको अडियो सार्वजनिक भयो । पलले बोलेका अडियो पनि सार्वजनिक भैरहेका छन् । अडियो सार्वजनिक भएपछि पलले लामो स्टाटस लेख्दै आफूलाई जोगाउने कोसिस गरेका छन् । पलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो स्पष्टीकरण दिएका हुन् । शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।
मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । उनको खोजीमा महानगरीय प्रहरी परिसर काठमाण्डौ, अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । भिडियो






