काठमाण्डौ । अभिनेता र गायिकाको विषयले यतिबेला सामाजिक सञ्जलमा निकै तताएको छ । एकाध बाहेक प्राय धेरैले अभिनेता पल शाह अन्यायमा परेको दाबी गरिरहेका छन् । १७ वर्षिय किशोरिले नाबालिकाको भिक्टिम कार्ड फालेर अभिनेता शाहलाई फसाउन खोजिएको भन्ने थुप्रो अडियो रकेर्डहरु सार्वजनिक भएसंगै पल बचाउन अभियान नै चलेको छ । यसै शिलशिलामा सञ्चारकर्मी सोनिका रोकाय पनि अभिनेता पल शाहकै पक्षमा उभिएकी छन् ।
सोनिकाले अभिनेता शाहलाई फसाउन गरिएको योजनाकार दुर्गेश थापा माथि आफ्नो आ क्रो श व्यक्त गरेकी छन् । उनले अडियो रेकर्डमा दुर्गेद्धारा पलकालागी बोलिएको शब्दको घोर आपत्ति जनाएकी छन् । सञ्चारकर्मी रोकायले लोक गायक थापालाई बहिष्कार नै गर्नु पर्ने बताएकी छन् । उनले भनिन्,‘पललाई झोला बोकाएर दांग पठाउने जुन कुरा गरेको छ । त्यो निकै नै छुद्र छ । पललाई हैन त्यही दुर्गेशलाई यो इन्ड्रस्टिजबाटै बहिष्कार गरिनु पर्छ ।’
एक जना १७ वर्षकी किशोरी गायिकाले अभिनेता पल शाहलाई गम्भिर आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा निकै तर्क वितर्क भइरहेको छ । अहिले पल र ति किशोरीको पक्ष विपक्षमा वयानहरु सार्वजनिक भइरहेका छन् । पल र ति किशोरीको प्रेम सम्बन्धका बारेमा धेरै पहिला देखि नै समाचारहरु सार्वजनिक भइरहेका थिए ।
एउटा राष्ट्रिय अनलाईनमै त्यो विषयमा समाचार बनेपछि सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भए । व्यक्तिगत रिसिइबिका कारण कृष्ण, सरोज ओली, दुर्गेश थापा लगायतको टिमले पटक पटक मिटिगंमा बसेर पल विरुद्ध गम्भिर षड्यन्त्र रचेको समेत कृष्णले स्विकारेका छन् । कृष्णले अहिलेसम्म बाहिर नआएका रहस्यहरु खोलेका छन् । अनेक प्रपञ्च रच्न माहिर यी मोडलले पल शाहलाई आफ्नो साथी बनाए ।
नजिकिए र कहिल्यै नमिल्नेगरी टाढिए पनि । यस विचमा दुर्गेशले एक भिलियनको रोल खेलेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ । पलले दुर्गेशलाई फसाउन गरेका अनेकन प्रपञ्चका अडियोहरु जब भाइरल बने त्यसपछि पिडित भनिएकी गायिकासँगको योजनाले पलभन्दा बढी विबादित दुर्गेशको समुह बनिरहेको छ । सामाजिक संजाल र समाचारहरुमा पल दोषी भए कारवाही हुनुपर्ने कुरामा धेरै सहमत छन् तर दुर्गेशको समुहलाई कारवबाही हुर्नेपर्ने कुरामा भने सबै एकमत छन् ।
पछिल्लो हप्ताका गतिविधि हेर्ने हो भने पल विरुद्ध गायिका, सरोज ओली, दुर्गेश, पलका म्यानेजर कृष्ण जोशी र गायक सम्राट चौलागाईको प्रपञ्चलाई पलले छताछुल्ल पार्नका लागि उनीहरुका आधा दर्जन अडियो काफी बने । यसबाट यो बुझ्न सकिन्छ की दुर्गेशले पललाई थापेको पासोमा आँफै फसे र उड्न नसक्ने अवस्थामा छटपटाइरहेका छन् । भिडियो






