काठमाण्डौ । प्रहरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगेकी छन् । आफूले निर्माण तथा अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा आज उनी दर्शकको फ्लो हेर्न विभिन्न हलमा गएकी हुन् ।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुजाले फेरी एकपटक पललाई सम्झेर भावुक बनिन् । ‘सत्यको जित हुने’ भन्दै उनले पललाई कसैले केही गर्न नसक्ने दाबीसमेत गरिन् । पत्रकारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट लगाएर हिँड्नुको कारण सोध्दा पुजाले भनिन्,‘पुजा भनेकै पलको पिल्लर हो । पुजाबिना पल अधुरो छ । पलबिना पुजा अधुरो छ ।’
कुराकानीकै क्रममा नायिका पुजाले पल आफ्नो आडैमा उभिएको पनि बताईन् । उनले भनिन्,‘फिजिकल्ली रुपमा पल यहाँ नभए पनि ऊ मेरो मनमा छ । मेरो साइडमा उभिएको छ । मलाई साथ दिइरहेको छ । मेरो काँधमा थपथपाई रहेको छ ।’ उनले थपिन्, ‘आफ्नो फिल्मलाई आफ्नो भनेर हिँड्न नपाउँदाको पी डा मलाई थाहा छ । प्रेमगीत २ मा म हिँड्न पाएको थिइनँ । अहिले पललाई के भइरहेको होला ?
उसको फिलिङ्स के होला ? आज पल एकदम मिस भइरहेको छ । तर पनि हामी सँगै छौं । यो नै सबैभन्दा ठूलो जित हो । म बोल्दाखेरि मसँगै मेरो पल पनि जानुपर्छ ।’ ‘पललाई कसैले केही गर्न सक्दैन । यो मेरो हन्ड्रेड पर्सेन्ट विश्वास हो । सत्यको जित हुन्छ । एक न एकदिन पल आउँछ । दर्शक साथमा छन् भने कसैले केही गर्न सक्दैन ।






