काठमाण्डौ । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापा यो समाचार तयार पार्दासम्म प्रहरीको नियन्त्रणमा छन् । बानेश्वर प्रहरी वृत्तले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ । उनलाई अभिनेता शाहको विषयमा केही सोधपुछ गर्नकोलागी प्रहरीले नियन्त्रणमा लिएको उनी आफैले बताएका छन् ।
निर्माता थापाका अनुसार प्रहरीले उनलाई प्राईम टाईमको टेलिभिजन सेटबाट आफ्नो नियन्त्रणमा लिएको हो । निर्माता थापा भन्छन्,‘म प्राईम टाईम टेलिभिजनको सेटमा हुँदा प्रहरीको फोन आयो । र मलाई भनियो केही सोधपुछ गर्नु छ भेट्न सकिन्छ ? मैले हुन्छ आउनुस् न भनेपछि प्रहरी त्यहीं आएर मलाई तीन कुने प्रहरी चौकिमा लगेको हो ।’ उनी भन्छन्,‘प्रहरीले मलाई आफ्नो नियन्त्रणमा लिएर सोधपुछ गर्नु भनेको त्यो उस्को डिउटी हो र म पल शाह अभिनित चलचित्रको निर्माता हो ।’
सोधपुछकालागी प्रहरीले उनलाई लिएको नियन्त्रणको विषयमा निर्माता थापाले सकारात्कम रुपमा लिएतापनि पलको विषयमा आफु अनभिज्ञ रहेको जवाफ दिएका छन् । उनको भनाई अनुसार पल उनीसंग कुनैपनि प्रकारको सम्पर्कमा छैनन् । प्रहरीलाई दिएको जवाफ सुनाउँदै उनले भने,‘पल मेरो सम्पर्कमा छैनन् । यदि उनी सम्पर्कमा आएभने म उनलाई प्रहरी सामू बुझाउने छु ।’ श्रोतका अनुसार प्रहरीले सो चलचित्रकी नायिका पुजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारी गरेको बुझिएको छ । भिडियो






