काठमाण्डौ । पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह (पूर्ण विक्रम शाह) फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाह (पूर्ण विक्रम शाह) विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि प्रहरीको सूचीमा उनी फरार रहेका हुन् ।
उमेर नपुगेकी किशोरीलाई यौ’ ‘न शो’ष’ण गरेको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । प्रहरीले शाहलाई पक्राउ गर्न सर्कूलर जारी गरेपनि उनलाई प्रहरीले भेट्टाउन सकेको छैन । बुधबार कीर्तिपुरमा भएको ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा पनि पलले शाह उपस्थित भएका थिएनन् ।
महानगरीय प्रहरी परिसर काठमाण्डौ स्रोतले भने पक्राउ पूर्जी तनहुँबाट परिपत्र भएर आइपुगेको र शाहलाई नियन्त्रणमा लिएर तनहुँ पठाइने जानकारी दिएको छ । एक प्रहरी अधिकृतले भने, ‘पल शाहलाई पक्राउ गर्न बुधबारै पक्राउ पूर्जी जारी भएको छ, हामीले खोजी रहेका छौँ, सम्भावित स्थानमा प्रहरी परिचालन गरेका छौँ, तर अहिले सम्म उनी पक्राउ परेका छैनन् ।’
प्रहरीले पल आफ्नो सम्पर्कमा नआएकाले खोजी भइरहेको जनाएको छ । उजुरी दर्ता भएपछि पल फरार रहेको प्रहरीले जनाएको छ। बुधबार राति नै पक्राउ गर्न जाँदा पल मोबाइल अफ गरेर बेपत्ता भएको एक प्रहरी अधिकारी बताउँछन् । प्रहरीले पललाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न देशभर सर्कुलर गरिएको जनाएको छ । जाहेरी दर्ता हुनु अघिसम्म विभिन्न सार्वजनिक कार्यक्रममा सरिक पल बुधबारदेखि सम्पर्कविहीन छन् ।
तनहुँमा जाहेरी दर्ता भएलगत्तै उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । यस्तोमा महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको टोली उनलाई पक्राउ गर्न जुटेको बताइएको छ । तर नेपाल प्रहरीको दुई दुईवटा युनिटको टोलीले पनि शाहलाई अझैसम्म भेट्टाएको छैन । यता शाहले आफूमाथि गरिएको षड्यन्त्र गरिएको बताएका छन् । उनले फेसबुकमार्फत केहि दिन अगाडि प्रसारित अडियो क्लिपमा आफूमाथि सुन्न नसकिने खालको कुरा गरेको उल्लेख गरेका छन् ।
उनले आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार भएको उल्लेख गरेका छन् । मुलुकी अ’परा’ध सं’हिता २०७४ अनुसार मजुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई कर णी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई ज’ब’र्ज’स्ती कर णी गरेको मानिने उल्लेख छ । १६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ । पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ ।






