काठमाण्डौ । श्रीमान श्रीमतीको सम्बन्ध विश्वासमा टिकेको हुन्छ । जहाँ विश्वास सकिन्छ त्यो सम्बन्ध पनि सकिन्छ । कुनै एक महिला छोरा छोरीको विवाह गर्ने उमेरमा आफैले अर्को पुरुषलाई मन पराइन् । गाउँकै एक पुरुषसंग नजिक हुन थालेकी ति महिलाले अब श्रीमानलाई आफ्नो प्रेमको बाधक देख्न थालिन् । त्यसपछि भयो सोच्नै नसकिने घटना ।
दाङ देउखुरीको राप्ती गाउँपालिका ३ मा पर्ने बसन्तपुरमा यो घटना भएको हो । गाउँकै प्रेमी हनुमान चौधरीसंग नजिक भएकी उमा देवी चौधरीले आफ्ना श्रीमान लेप्टेन चौधरीलाई माघ २९ गते राती आफ्नै घरमा सिध्याइन् । घटना पछि श्रीमानको शव घर नजिकैको राप्ती नदिमा लगेर सेलाइदिइन् ।
घटना भएको तीन दिन पछि मेरा श्रीमान हराए भनेर खोज्न थालिन् । तर फागुन ३ गने लेप्टेन चौधरीको शव नदिमा फेला पर्यो । प्रहरीलाई लेप्टेनको श्रीमती उमा देवीको चालचलन ठिक नभएको र घटनामा उनकै हात हुनसक्ने भन्दै प्रहरीलाई कसैले सूचना दियो । घटना भएको राती उनी कामवाट आएर लेप्टेन चौधरी आफ्नो वेडमा आराम गरिरहेका थिए ।
सोही कोठामा रहेकी कान्छी छोरीलाई देवी चौधरीले बोलाएर अर्को कोठामा जाउ भनिन् । छोरी अर्को कोठामा गएपछि उमाले आफ्ना प्रेमी हनुमानलाई बोलाइन् । ४५ वर्षकी उमा चौधरीले ५५ वर्षका श्रीमान हनुमानलाई घटना गराएपछि अहिले छोरीहरुको बिचल्ली भएको छ । कान्छी छोरी घरमै भएपनि घटना भएको केही थाहा पाइनन् ।
बुवाले धेरै र क्सी खानुभएको थियो । अनि उमाले छोरीलाई बाबाले आज धेरै र(क्सी खानुभएको छ हातमा च(क्कु लिएर बस्नु भएको छ । तिमीलाई मा र्नु होला अर्को कोठामा जाउ भन्नु भयो । अनि उनी अर्को कोठामा गएर आराम गरिन् । घटना भएपछि माइली छोरीले आमाले पहिले देखि नै योजना बनाएको हुनसक्ने बताइन् ।
माइली छोरीले भनिन्, मैले त होइन तर अर्को मान्छेलाई बोलाएको हुँ भन्नुभयो आमाले । उनले आमाले भनेको कुरा सुनाउँदै भनिन्, उनलाई कोठा भित्र पठाएर मैले ढोका लगाएको हो । मैले मा र्न साथ दिएको मात्र हो भन्नुभयो आमाले । म आफ्नो श्रीमानलाई मा रेको देख्न सक्दिन भनेर अर्को कोठामा गएर बसें । उनीहरु आए तिनीहरुले नै घटना पछि बुवालाई बोकेर लिएर गए । मैले अर्को कोठाबाट हेरिरहेँ ।






