काठमाण्डौ । नायक पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धले फिल्मी बजार तातेको छ । उनीहरुको सम्बन्धले नयाँ मोड लिएको सनसनीपूर्ण खुलासा नेपालको एक चर्चित अनलाइन न्यूज पोर्टलले गरेको छ । नायक पल शाह र गायिका समीक्षा अधिकारी पछिल्लो केही समय देखि मिडियासँग भागि रहेका छन् ।
उनीहरूको डर एउटै छ, आफूहरू बीचको अन्तरंग सम्बन्धबारे सोधि नसक्ने प्रश्न । करिब दुई महिना अघि देखि समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे कलाकारिता क्षेत्रमा चियोचर्चो सुरू भएको थियो । पलले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनको आरोप छ । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ गायिका अधिकारीले भनिन्, ‘अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।’
तर, सार्वजनिक चर्चामा आइसकेको थिएन । अब भने यो विषय लुकाएर लुक्ने अवस्था रहेन । उनीहरू दुवैले बोल्न नचाहे पनि वा अस्वीकार गरे पनि एक–कान दुईकान हुँदै छ्याप्छ्याप्ती भइसकेको छ । हिजो एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने फिल्मी कार्यक्रममा उनीहरूको सम्वन्धबारे प्रश्न उठाइएपछि सामाजिक सञ्जालमा धेरैले जिज्ञासा व्यक्त गरिरहेका छन् ।
दुवैजना पब्लिक फिगर भएको हुँदा यसबारे सरोकार राखिनु अस्वभाविक होइन । पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु समेत पलकै प्लानिङ भएको पछि थाहा पाएको बताएकी समीक्षाले त्यसपछिका घटनाक्रम समेत सविस्तार राखेकी छन् । अडियोमा समीक्षाले आफ्नो पछिल्लो सम्बन्ध बाहिर ल्याउने स्टाटसदेखि मिडियामा गसिपको रुपमा आएको मोडल कविता रायसम्मको झगडाको बिषयमा समेत कुराकानी गरेकी छन् ।
समीक्षाले अडियोमा केही पत्रकारको नाम समेत लिएकी छन् । जसले आफूलाई पलसँगको कुरामा दवाव श्रृजना गरेको बताएकी छन् । उनको भनाईमा अडियोमा जस्ताको त्यस्तै……..
https://youtu.be/NFm2uFQwn3E






