काठमाण्डौ । चर्चित नायिका प्रियंका कार्कीको शो नयाँ शृखलामा ‘चप चप डायरिज’ ब्लाइन्ड डेट सिरिजको पहिलो सिजनका बिजेता सिलु पोखरेल र किरण खाती ‘गोल्डी’ को जोडी पुगेका छन् । नायिका प्रियंकाको निम्तोलाई स्वीकार गर्दै शिलु निकै नै बोल्ड अवतारमा प्रियंकाको घरमा पुगेकी हुन् । शिलुले आफुलाई ब्लाक्य ड्रेसमा आफुलाई ह ट लुक्सका साथ प्रस्तुत गरेकी थिईन् ।
शिलुको उक्त ड्रेस देखेर प्रियंका नै चकित परिन् । उनले शिलुको खुलेर तारिफ गरेकी थिईन् । बाहिरबाट हेर्दा गाउन जस्तो पहिरनमा देखिएकी शिलुलाई पियंकाले नै गाउन खोल्न लगाएपछि उनको हट लुक्स देखेर प्रियंकाको होस् नै उडेको थियो । हरेक साता नयाँ नयाँ अतिथिलाई बोलाएर कुराकानी गर्दै आइरहेकी प्रियंकाले युट्युवमा संचालन गर्ने सिरिज ‘चप चप डायरिज’मा सिलु र किरणसँग गरेको रमाइलो कुराकानी सार्वजनिक गरेसँगै अहिले उक्त भिडियोको चर्चा सुरु भएको छ ।
सो अवसरमा सिलुले कार्यक्रम गर्न प्रियंकाको घरमै पुगेको मौका छोपी प्रियंकाकी छोरी आयंकालाई भेटेर कानमा लगाइदिइन् । सिलुले छोरीलाई सुनको रिङ गिफ्ट दिएपछि प्रियंकाले ‘आयंकाको इयररिङ बदल्ने बेला पनि हो यो । एउटा विशेष जोडीले हाम्रो घरमा पुगेर आयंकालाई सुनको रिङ गिफ्ट दिएको छ ।’ भनेर जानकारी पनि गराएकी छिन् । सिलु र गोल्डीले प्रियंकालाई भेटेर आफ्ना भावना सुनाउन पाएकोमा खुशि व्यक्त गरेका छन् । भिडियो






