नेपाल बाहिर आफ्नो कर्म थलो बनाइरहनु भएका सर्जक तथा गायक दिनेश बिसी नेपाली गीत संगीतलाई धेरै माया गर्नु हुन्छ यो भन्दा अगाडी पनि धेरै गीत संगीत बजारमा सार्बजनिक गरिसक्नु भएको छ ।
उक्त गीतमा चर्चित गायिका शान्तिश्री परियार र गायक दिनेश बिसीको आफ्नै आवाज रहेको छ, उक्त गितमा शब्द संगीत गायक दिनेश बिसीले आफै गरेका छन् गीत सुन्दा निकै मार्मिक छ भने जन्म दिने आमा तथा आफ्नो जन्म भूमिको कति माया हुन्छ र विदेशमा रहदा झन् धेरै महत्तो हुन्छ भन्ने कुरा शब्दमा सुन्न सकिन्छ ।
उक्त गितमा आफ्नो घर परिवारको लागि सपना बोकेर गएका हेरक नेपालीले हेर्ने पर्ने र सम्पूर्ण नेपालीहरुको कथा बेथा पिडालाइ देखाउन खोजिएको छ ।
उक्त “नेपाल आमा” भिडियोमा अभिनय चर्चित कलाकार रमा थपलिया, रन्जिता गुरुङ,आशिर प्रताप जंग छेत्रीको रहेको छ भने निर्देशन: सिब बिक ,छायाकंन अजय रेग्मी ,श्रृङ्गार: सक्षम पुडासैनीको रहेको छ ।
उक्त गीतको भिडियो D.B.C Media Youtube Channel बाट सार्बजनिक गरिएको छ । अब हेर्नुहोस् पुरा भिडियोमा:






