एजेन्सी । विश्वमा धनिभन्दा धनि व्यक्तिहरु छन् । केहीसँग यति सम्पत्ति छ कि उनीहरु आफू बस्ने घर सुन र हिराबाट बनाउँछन् भने कार पनि सुन पनि कारकै चढ्छन् । यस्तै, एक सुल्तान छन् जोसँग लगभग ७ हजार कारहरु छन् । उनीसँग भएका कार कलेक्शनमा रोल्स रोयस, मर्सिडिज, फेरारी, बेन्टले आदि छन् । उनीसँग यति सम्पत्ति छ कि उनी सुनको सिंहासनमा बस्छन् ।
र, सुनबाट बनेको कार चढ्ने गर्छन् । ७ हजार कारसहित अथाह सम्पत्तिका मालिक हुन्, हसनल बोलकिया । उनी ब्रुनई ९बोर्नियो द्वीप अन्तरगतको एउटा देश० का वर्तमान सुल्तान तथा प्रधानमन्त्री हुन् । उनी विश्वका धनि व्यक्तिहरुमध्ये एक हुन् । उनले ब्रुनईमा शासन गरेको ५० वर्षभन्दा बढी भइसकेको छ । सन् १९८० मा हसनल विश्वकै धनि व्यक्ति थिए ।
उनले केही समयअगाडि मात्रै आफ्नो शासन कालको ५० औं वर्ष पुगेको उपलक्ष्यमा उत्सव मनाएका थिए । उनले परिवारले उक्त देशमा करिब ६ सय वर्षदेखि राज गर्दै आएको छ । उनले २१ वर्षको उमेर सन् १९६७ मा राज शासन गर्न सुरु गरेका थिए । रिपोर्टका अनुसार हसनलसँग ७ हजार कार छ । जसमा ६ सयभन्दा बढी रोल्स रोयस, ५७० वटाभन्दा बढी मर्सिडिज बेन्ज, ४ सय ५० वटा फेरारी, ३ सय ८० वटा बेन्टल, १ सय ३४ वटा कोयनिगेग्स र अन्य कारहरु छन् ।
उनले चढ्ने कारमा सुनको जलप लगाइएको छ । एक रिपोर्टका अनुसार हसनलसँग व्यक्तिगत प्राइभेट प्लेन छन् । उनीसँग भएको जेटमध्ये एउटामा सुनको जलप लगाइएको छ । उनीसँग करिब १४ हजार ७ सय करोड (भारतीय रुपियाँ) भन्दा अधिक सम्पत्ति छ । उनको कमाईको मुख्य स्रोत तेल र प्राकृतिक ग्यास हो । उनको महलको नाम इस्ताना नुरुल ईमान प्यालेस हो । जसको मूल्य २ हजार ५ सय ५० करोड रहेको छ ।
योपनि उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य मापदण्डको अनिबार्य पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक प्रहरीलेसार्वजनिक सवारी साधनका चालक सह(चालक तथा यात्रुबर्गहरुलाई अनिबार्य मास्कको प्रयोगगर्न अनुरोध गर्दै सवारी साधनहरुमा सुचनामुलक स्टिकर टाँस गरेको छ ।
काठमाडौँ मल अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थितिमा‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँस गरिएको हो । कार्यक्रममा बोल्दै एसएसपी जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र साबधानीका उपायहरुलाई पुर्ण पालना गर्न अनुरोध गरे ।
यातायात क्षेत्र उच्च जोखिममा रहने हुनाले बेलैमा स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर मात्र चलायमान गराउनुपर्ने महाशाखाको बुझाईछ । ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए(नभएको अनुगमन गर्दै मास्क नलगाएको पाइए सम्झाईबुझाइ गरि मास्क समेत बितरण गरेको छ । स्वस्फुर्त रुपमा मास्कको प्रयोग गर्ने चालक सह(चालकहरुतथा यात्रुलाई सचेतना अभिबृद्धि गर्न ट्राफिक प्रहरीले अनुरोध गरेकोछ ।
उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुमा ‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने पन्ध्र हजार थान स्टिकर टाँस गरिएको छ । यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने महाशाखाको बुझाई छ ।






