एजेन्सी । कहिले काँही हामीलाई अचम्म बनाउने घटना सार्वजनिक हुन्छन् । भारतको हरियाणा शहरबाट एउटा त्यस्तै घटना सार्वजनिक भएको छ । त्यहाँ एक बालिकाको पेटवाट चिकित्सकले साढे एक किलो कपाल निकालेका छन् । हरियाणा शहरमा एक ६ वर्षीया बालिकाको केहि दिनदेखि असहनीय तरीकाले पेट दुखिरहेको थियो । बालिकाले आफ्ना अभिभावकहरुसँग त्यसबारेमा भनिन् र पंचकुला सेक्टर ६ को एक अस्पतालमा उनलाई भर्ना गरियो ।
सुरुमा चिकित्सकले ति बालिकाको पेट जाँच गरे । त्यहाँ डाक्टरले बालिकाको पेटमा देखेको बस्तुले उनीहरु अचम्म परे । उनीहरुले केहि परिक्षण पछि पेटमा कपालको गुजुल्टा रहेको पत्ता लगाएका थिए । बालिकाको तत्काल शल्यकृया गरियो । डाक्टरले बालिकाको अप्रेसन पश्चात उनको पेटबाट १।५ किलो कपाल निकालेको बताइएको छ । डा. विवेक भादू र उनको टिमले बालिकाको सफलता पुर्वक शल्यक्रिया ९अप्रेशन० गरेका हुन् ।
शल्यकृया पछि ति बालिका अहिले पी डावाट मुक्त भएकी छन् । बालिकाको अहिले स्वास्थ्य अवस्था ठिक रहेको भारतीय सञ्चारमाध्यमले जनाइएको छ । डा। भादू भन्छन्, ‘बालिकाको पेटमा जम्मा भएको कपाललाई सफलतापुर्वक शल्यक्रिया गर्दा आफूलाई गर्व महसुस भएको छ ।’ बालिकाको परिवारले डाक्टरलाई खुसी हुँदै आभार व्यक्त गरेका छन् । तर समाचारमा बालिकाको पेटमा त्यती धेरै कपाल कसरी गयो भन्ने कुरा भने खुलाईएको छैन ।
योपनि तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थ प्प ड हानेपछि बेहुलीले विवाह र द्द गरेकी छिन् । थ प्प ड खाएको झों कमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने योजना गरेका थिए ।
तर, विवाहको एक दिनअघि आयोजित कार्यक्रममा बबाल मच्चिएको थियो । सो दिन जोडी र उनीहरुका परिवार कार्यक्रममा सहभागी भएका थिए । नाँचगानसहितको कार्यक्रममा डीजे र डान्स फ्लोरको पनि व्यवस्था थियो । बेहुलाको भाइ नआउने बेलासम्म बेहुला बेहुली सँगै नाँचेका थिए । उनीहरु नाँचिरहेका बेला अचानक बेहुलाका भतिजा पनि सहभागी भएका थिए ।
भतिजाले बेहुलीको हात र बेहुलाको काँध समाएर नाच्न थालेपछि बबन्डर मच्चिएको थियो । त्यसपछि बेहुलाले दुबै जनालाई धकेलेर बेहुलीको गालामा थप्पड हानिदिएको दुलहीका अभिभावकले गुनासो गरेका छन् । सार्वजनिक स्थलमा आफूलाई थप्पड हानेपछि बेहुलीले तत्काल विवाह रद्द गर्ने निर्णयमा पुगेकी थिइन् । बेहुलीका अभिभावकले पनि उनको निर्णयलाई समर्थन जनाएका थिए ।
आफ्नो छोरी कुटिएपछि बेहुलीका बाबुले दुलाहा पक्षलाई तत्काल कार्यक्रमस्थलबाट जान आदेश दिएका थिए । सो घटनापछि बेहुलीका परिवारले भिल्लुपरम जिल्लाको जिन्जी निवासी उनै दुलाहाका भतिजासँग विवाह गराइदिएका थिए । यसैबीच, असन्तुष्ट बेहुलाले पानरुती प्रहरी चौकीमा ७ लाख भारु क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् ।






