काठमाण्डौ । गायिका समीक्षा अधिकारीले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उक्त चेतावनी दिएकी हुन् । उनले नारी दुर्गाको रुपमा माया ममता दिन पनि सक्ने र परेको बेला महाकाली जस्तो रुप लिएर सर्वनाश गर्न सक्ने भन्दै आफु परि आएको खण्डमा माहाकाली समेत बन्न पछि नपर्ने चेतावनी दिएकी छन् ।
उनले लेखेकी छन्, ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावनामाथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन ।’ उनले अगाडि लेखेकी छन्, ‘त्यसै नारीलाई कमजोर नसोच्दा पनि हुन्छ ।’ समीक्षा केही अगाडिसम्म पल शाहसँग अन्तरंग सम्बन्धको कारण चर्चा थिइन् । मिडियाले पलसँग जोडेर उनका बिभिन्न समाचार बनाएका थिए । समाचारका कारण उनी मिडियाबाट भाग्नेदेखि टाढा रहनेसम्म गरेकी थिइन् ।
तर पलसँग जोडिएर आउने समाचार र गसिफ नरोकिएपछि उनले फेसबुकमार्फत एक स्पष्टीकरण सार्वजनिक गर्दै पल र आफूबीच कुनै अन्तरंग सम्बन्ध नरहेको जनाएकी थिइन् । सो समय उनले स्रोत र प्रमाण बिनाका समाचारले आफू र आफ्नो परिवारलाई दुःखी बनाएको समेत बताएकी थिइन् । उनको स्पष्टीकरण पछि पल र उनको बीच जोडिएर आउने समाचारमा पूर्णविराम लागेको थियो ।े
अहिले उनले फेरि सार्वजनिक गरेको चेतावनी पूर्ण स्टाटसलाई बिभिन्न व्यक्तिले धेरै कोणबाट हेर्न थालेका छन् । उनले आफ्नो चेतावनी कसलाई हो भन्ने स्पष्ट खुलाएकी छैनन् । त्यसैले कतिले यो चेतावनी पलसँग जोडिएर आएको समाचारलाई भनेका छन् भने कतिले घुमाउरो रुपमा पललाई चेतावनी दिएको हुनसक्ने विभिन्न आशंका गरेका छन् । उनको यो स्टाटसले सेलाइसकेको पलसँगको गसिपलाई पुन बल्झाएको बुझिन आउँछ ।






