एजेन्सी । बलिउड अभिनेत्री क्याट्रिना कैफ यतिबेला मालदिभ्समा छिन् । उनले त्याहाँ भरपुर मजा लिईरहेकी छिन् । सोही क्रममा हालै सामाजिक सञ्जालमा मालदिभ्स बीचका केही तस्बिर सेयर गरेकी छन् । जसको क्याप्शनमा उनले लेखेकी छिन्,‘मेरो खुशीको ठाउँ ।’ तर, उनका पति विक्की कौशल हालै आफ्नो आगामी फिल्मको इन्दौर सुटिङ कार्यक्रम सकेर मुम्बई फर्किएका छन् ।
यसबारेमा फ्यानहरूले सामाजिक सञ्जालमा निकै खैलाबैला गरेका छन् । उनीहरुहरुले भर्खरै मात्र विवाह भएका जोडी छुट्टिएकोमा चिन्ता व्यक्त गरेका छन्, फ्यानहरुले प्रश्न गरेका छन् कट्रिना विक्की बिना किन माल्दिभ्स गइन् ? विवाहपछि कट्रिना विक्कीसँग हनिमुनमा माल्दिभ्स गएकी थिइन् ।
कतिपय प्रयोगकर्ताहरूले यी तस्बिरहरू दुवैको हनिमुनको भएको बताएका छन् । यसैबीच, रिपोर्टका अनुसार कट्रिना एक टिभी विज्ञापनको सुटिङका लागि माल्दिभ्स गएकी हुन् । उनले त्यहाँ एक ब्राण्डको पेय पदार्थको सुटिङ गर्नेछिन् । कट्रिना लामो समयदेखि यो ब्रान्डसँग आबद्ध छिन् ।

कट्रिना केही दिन त्यहाँ बसेर भारत फर्किने स्रोतले जनाएको छ । योपनि गाउँमा जुनारको जुस बनाउने उद्योग खुलेसँगै रोजगारी पाएपछि रामेछाप नगरपालिका–७ सुकाजोरका महिलाहरु खुसी भएका छन् । उद्योग सञ्चालनमा आएपछि गाउँका महिलाहरुले आफ्नो घरको काम सकेर फुर्सदको समयमा जुनारको दाना तास्ने काम गर्छन् ।
उनीहरुले जुनारको दाना तास्ने कामबाट प्रतिव्यक्ति मासिक २० देखि ३० हजार रुपैयाँसम्म कमाउने गरेको रामेछाप नगरपालिका–७ सुकाजोरकी सावित्रा कार्कीले जानकारी दिईन् । बिहान र बेलुकाको घरको सबै काम सकेर बाँकी फुर्सदको समयमा जुनारको बोक्रा तास्ने कामबाट मासिक ३० हजार रुपैयाँसम्म कमाउन पाउँदा आफूहरु ज्यादै खुसी भएको कार्कीले बताईन् ।
यतिखेर सुकाजोरका १ सयजना महिलाहरुले यस उद्योगमा रोजगारी पाएका छन् । कलेज पढ्ने छात्राहरुले पनि बिहान कलेज पढेर फर्केपछि दिउँसोको फुर्सदको समयमा जुनार उद्योगमा नै काम गर्दै आएका छन् । अहिले घरका अभिभावकसँग खर्च माग्नु पर्ने अवस्थाको अन्त्य भएको कार्की बताउँछिन् ।
जिल्लामा जुनार भण्डार गर्ने चिस्यान केन्द्र नहुुँदा जुनार पाक्ने सिजनमा मंसिरदेखि माघसम्म तीन महिना मात्रै गाउँका महिलाहरुले रोजगारी पाउने गरेका छन् । चिस्यान केन्द्र भएपछि यो समस्याबाट मुक्ति मिल्ने र रोजगारी पनि बाह्रै महिना दिन सकिने श्रेष्ठ बताउँछन् । जुनार पाक्ने सिजनमा जुनारको जुस बनाएर राख्ने र यसबाट जुस बनाउने गरिन्छ ।
जुस प्लास्टिकको बोतलमा राखेर बाह्रै महिना बजारमा बिक्रीको लागि लैजाने गरिन्छ । जुनारको जुस कोसेलीको रुपमा लैजाने र बाहिरी जिल्लाबाट भ्रमण आएका पाहुनालाई जिल्लाको पहिचानको रुपमा जुस बिक्री गरिँदै आएको छ ।






