काठमाडौँ । नायिका केकी अधिकारी र कलाकार ह्यारी योञ्जन अभिनीत ‘आँखा भरी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका आशा लिम्बू सुहाङको स्वर रहेको उक्त गीतलाई चन्द्रकला नेवाले लेखेका हुन् । भिडियोको छायांकन बालाजु धर्मस्थली बाईपासको क्षेत्रहरुमा गरिएको ।
भिडियोलाई अहिलेका चर्चित क्यामरा मेन बुद्ध थापाले कैद गरेका हुन् भने डिरेक्सन दिनेश माङ्मुको रहेको छ ।
कम्पोस सुनिल विश्वकर्मा, अरेन्ज टेकेन्द्र यक्सो र एडिट अनिल रानाले गरेका हुन् । सपोर्ट कलाकारको रुपमा रिया लामाले साथ दिएकी छिन् । अब्बल प्रतिभा देखार्ईसकेका कलाकार ह्यारी योञ्जन झन्डै दुईबर्षपछि अभिनयमा फर्किएका छन् ।






