कैलाली । चोरी गर्नेलाई पक्राउ गर्ने प्रहरी आफै चोरीमा संलग्न भएका छन् कैलालीमा । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरीले नै मोबाइल चोरेको घटना बाहिरिएको छ । धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीवाट मोवाइल चोरी भएको हो । चोरी गर्नेमा दुई जना प्रहरी संलग्न भएको देखिएको हो ।
मोबाइल चोरी गरेका दुई जना प्रहरीमाथि छानबिन थालिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबादुर बुढा माथि अनुसन्धान थालिएको हो । प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको छ । हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले दुबै जनालाई हिरातसमा राखिएको बताए । ला,गू औषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा प्रहरी खटिएको थियो। सोही क्रममा ग्यालरीमा चोरी गरेको भिडियो सार्वजनिक भएको हो । उक्त भिडियो सार्वजनिक भएपछि उनीहरुलाई हिरातसमा राखिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
हिजो मात्रै ला,गूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका सो ग्यालरीबाट तीन जनालाई प्रहरीले प,क्राउ गरेको थियो ।
मोबाईल पसलमा छापा हा न्न गएका प्रहरीले नै मोबाईल चो,रिरहेको भिडियो समेत सार्वजनिक भएको छ । मोबाईल पसलबाट ला गु औषधको कारोबार भईरहेको भन्दै छापा मा र्न गएको प्रहरीले नै मोबाइल चोरिरहेको भिडियो सार्वजनिक भएपछि संलग्न प्रहरीमाथी कारबाहि सुरु भएको छ ।
कैलालीको धनगढीमा सुवास रावलले सञ्चालन गरिरहेको ग्लोवल मोबाइल ग्यालरीमा छापा पार्न गएका प्रहरीले मोबाईल पसलबाट दुई वटा मोबाईल चोरेका थिए । माघ ५ गते साझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली ला गु औषधका बिषयमा छापा हा न्न पुगेको थियो । प्रहरीले मोबाईल पसलको खानतलासी लिनेक्रममा मोबाईल चोरीरहेको सिसि क्यामरामा कै द भएको भिडियोमा देख्न सकिन्छ ।
मोबाईल चोरीको भिडियो सार्बजनिक भएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक जना हवल्दार र अर्का एक जवान हिरासतमा राखी कारबाहि अगाडी बढाएको छ । मोबाईल ग्यालरीका सञ्चालक सुवास रावलले भिडियो प्रमाणसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि घ,टना बाहिर आएको हो ।






