सुनसरी । भारतका भोजपुरी फिल्मका सुपरस्टार खेसारीलाल यादवले नेपालका कार्यक्रम आयोजकले आफूलाई धो का दिएको बताएका छन् । माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो । तर नेपालमा स्थानीय प्रशासनले कार्यक्रममा रोक लगाइएको कुरा खेसारीलाललाई जानकारी दिइएको थिएन ।
जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रो’के अनि मात्र उनले कोरोनाका कारण कार्यक्रम स्थगित गरिएको जानकारी पाए । खेसारीलालले सञ्चारकर्मीसँग भने, ुम पटनाबाट नेपालको विराटनगरसम्म आउँदासम्म कोरोनाका कारण यहाँका प्रशासनले कार्यक्रम स्थगित गराएको आयोजकले मलाई कुनै जानकारी दिएन ।’
खेसारीलालको नाममा आयोजकले टिकट काटेको कुराको जानकारी पनि उनलाई थिएन । जब खेसारीलाल कार्यक्रममा उपस्थित भएनन् अनि टिकट काटेकाहरूले आ न्दो लन सुरु गरे । खेसारीलालका चारवटा गाडी जलाई दिए । उनका सङ्गीतका इन्ट्रुमेन्टहरु तो’ड’फो’ड गरे । उनका साथमा आएका अन्य कलाकारमाथि पनि कु’ट’पि’ट भयो ।
खेसारीलालले भने, ुयो घ ट नामा मेरो डेढ करोडको घाटा भएको छ । म जनतालाई मनोरञ्जन दिनका लागि नै नेपाल आएको थिए तर यहाँका प्रशासनले कार्यक्रममा रोक लगाएको छ भने कुरा मेरो जानकारीमा थिएन । म होटलबाट निस्केर कार्यक्रममा जान लाग्दा प्रहरी प्रशासनले मलाई रोक्यो । यसमा न प्रशासनको ग ल्ती छ न मेरो, यसमा पुरै ग ल्ती आयोजकको छ ।’






