मुम्बई । कोरोनाका कारण सामाजिक दुरी कायम गर्दै विवाहमा ५० जना भन्दा बढी व्यक्तिहरु सामिल हुन नपाउने भएपछि बलिउड अभिनेता वरुण धवन अहिले दुःखी छिन् ।
उनी यही जनवरीको २४र२५ गते बैवाहिक सम्बन्धमा बाँधिदै छन् । यतीबेला फिल्मको सम्पूर्ण काम छाडेर विवाहको तयारीमा जुटेका यी अभिनेताले विवाहमा बोलाउने अतिथिको सूची निकै लामो निकालेका थिए ।राजधानि दैनिकमा खबर छ । उनका बुबा एवम फिल्म निर्माता निर्देशक डेविड धवनले विवाहमा ५० जना भन्दा बढी अतिथि नबोलाउने नियम सम्झाएपछि वरुण दिक्क भएका हुन् । अब ५० जनाको सूचीमा परिवारका सदस्य नै पर्ने भएकाले सिनेकर्मीलाई बेलाउन उनलाई गाह्रो परेको हो ।
वरुणले आफ्नी प्रेमिका नताशा दलालसँगै विवाह गर्दैछन् । अब विवाह समारोहमा नतासा र वरुणका परिवारमात्र सामेल हुनेछन् । परिवार बाहिरका साथीहरु सबैलाई बोलाउन नसकिने र एउटालाई बेलाउँदा अर्को रिसाउने भएकाले विवाह समारोहमा दुई परिवारका सदस्य मात्र हुने बुबा डेभिडले बताएका छन् ।
बुबाको कुराले निकै दुःखी भएका वरुणले सिमित अतिथिलाई समेट्ने बताए पनि रिसेप्सन पार्टीमा उनीहरुलाई समेट्न सल्लाह बुबाले दिएको उनको कथन छ ।






