काठमाडौं : अभिनेत्री आँचल शर्मा प्रेमी उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाधिएको एक बर्ष हुन् लागेको छ। एक बर्ष अघि हिन्दू परम्परा अनुसार उनीहरुले बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा विवाह गरेका थिए। ‘हामी तीन जना हुंन समय लाग्छ’, श्वेता खड्का र विजयन्द्रसिंह रावतको रिसेप्सनमा आँचलले जिस्किंदै भनिन्, ‘पहिला पाँच छ वटा पार्टी खाउँ न । साडी सम्हाल्ने कि, ब्याग सम्हाल्ने कि बच्चा !’
आँचललाई उदिपको केयरिङ गर्ने बानी असाध्यै मन पर्छ। उनलाई उदिपलाई नभेट्दासम्म आफ्नो बुबा र दादाले मात्र केयर गर्ने गरेको सम्झना छ। तर, उदिपलाई भेटिसकेपछि भने उनलाई ‘केटा मान्छे यस्तो पनि हुन सक्छ ?’ भन्ने लागेको थियो। ‘उहाँको केयरिङ देखेर केटाहरू पनि यस्तो हुन्छन् र भन्ने लाग्छ,’ उनले भनिन्, ‘उहाँको यही बानीको म कायल छु।’
आँचल भने धेरैको सम्बन्ध कम्युनिकेसनको अभावका कारणले नै सकिएको देखेकाले कम्युनिकेसनमा रहनकै लागि यस्तो गर्ने गरेको बताउँछिन्। ‘एकअर्कालाई एक अर्काको कुरा थाहा भयो भने मात्र सम्बन्धमा शंका हुन्न,’ आँचलले झगडाको अन्तर्य बताउँदै भनिन्, ‘नत्र यसरी नै सानो कुरा पछि गएर ठूलो हुन्छ। यही डरले हो, मैले फोन गर्नुभएन भनेर किचकिच गर्ने। अन्यथा, हाम्रो आजसम्म अरू कुनै विषयमा झगडा भएको छैन।’






