काठमाण्डौ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको नयाँ गीत ‘कर्कलो को क्या उला’ सार्वजनिक भएको छ । आज बिहीवार काठमाण्डौमा एक कार्यक्रमका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वाग्मती प्रदेशका पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले एकसाथ गीत सार्वजनिक गरेका हुन् ।
मानव सुवेदीले निर्देशन गरेको भिडियो बिहीबार प्रिमियरपछि फेसबुक लाइभमा आएर हरिवंश र स्वस्तिमाले गीतलाई माया गरिदिन आग्रह गरे । यो सामाजिक चेतनाप्रधान गीत हो । हरिवंशलाई स्वरमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । राइजिङ मलस्थित क्युएस सिनेमा हलमा बिहीबार गीतको म्युजिक भिडियो देखाएर औपचारिक समारोहका बीच सार्वजनिक गरियो ।
मानव बे च बि ख नविरुद्ध सामाजिक सन्देश बोकेको गीतको भिडियो हेरेर उपस्थिति अतिथिका आँ खा रसाएका थिए । १० मिनेट लामो भिडियोमा नेपाली चेलिबेटीलाई फकाएर, माया जा लमा पारेर कसरी बे च्ने प्रयास गरिन्छ र कसरी उम्किन सफल हुन्छिन भन्ने कथा छ । भिडियो हेरेर नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, माइती नेपालकी संस्थापक अनुराधा कोइराला, कलाकारहरु मदनकृष्ण श्रेष्ठ,
स्वयं अभिनय गरेका हरिवंश आचार्य, उनकी पत्नी रमिला, नायिका स्वस्तिमा खड्का, किरण केसीले आँसु थाम्न सकेनन् । सामाजिक सन्देश बोकेको गीतले भिडियोको कथाले सबैलाई भावुक बनायो । “नेपाली चे ली बे टी बे च बि खनसँग देशको इ ज्ज त जोगिने भएकाले यो कु प्र थाबाट देशका दि दी ब हि नीलाई मु क्त बनाइदिन सक्यो भने हाम्रो काम सार्थक भएको हामी मान्छौँ । त्यसैले यसलाई हेरेर सेयर गरिदिनुहोला,” हरिवंशले भने ।
सार्वजनिक भिडियोमा अभिनेत्री स्वस्तिमा स्कुल पढ्ने छात्राको भूमिकामा छिन् । हरिवंश गाइनेको भूमिकामा छन् । गीतमा हरिवंश स्वयंको आवाज सुन्न सकिन्छ । गीत सार्वजनिक कार्यक्रममा कलाकार तथा गायक हरिवंश आचार्यले चे ली बे टी बे च बि खनको विषयमा यसअघि केही टेलिचलचित्र निर्माण गरेको स्मरण गर्दै गीतमा भने पहिलो पटक यो विषय उठाएको बताए ।
आफ्नो जोडी हरिवंशको गीत सार्वजनिक गर्न पुगेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतले समस्यामा पर्नु अगाडि नै बचाउने सन्देश दिएको बताए । त्यसैगरी गीतमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक जागरणका लागि कलाकार हरिवंश आचार्यसँग अभिनय गर्न पाउँदा गौरव महसुस गरेको बताइन् । भिडियो






