काठमाण्डौ । मानिसका विभिन्न अंग र व्यवहारसँग जोडिएका कयौँ कुरा कुनैकुनै अचम्मै लाग्ने हुन्छन् । हुन त ती कुराहरु सामान्य नै हुन् तर हेर्दा, सुन्दा र संगत गर्दा भने ती कतिपय कुराहरु भने अचम्मै लाग्ने हुन्छन् । ती मध्य एउट कुरा हो दाँत । दाँत महिलाको होस् या पुरुष गहनाको रुपमा मानिन्छ ।
तर त्यही दाँत नै मिलेको या फाटेको भए देख्नेलाई अलि असहज लाग्ने गर्दछन् । शरिरका अंग को सहयोगमा जो कुनै व्यक्तिको स्वभाव भविष्यका बारेमा जानकारी लिन सकिन्छ। आज हामी तपाईलाई दाँतको बीचमा ग्याप भएका व्यक्तिको भविष्यवाणीका कारण जानकारी दिदैछौँ।
१) समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको दाँतको बीचमा ग्याप हुन्छ, त्यस्ता व्यक्तिले भविष्यमा विभिन्न किसिमका सफलता हाँसिल गर्न सक्छन् ।
२) जुन व्यक्तिको दाँतको बीचमा खाली ठाउँ हुन्छ, त्यस्ता व्यक्ति निकै बुद्धिमानी र क्रिएटिव हुने गर्दछन् । यस्ता व्यक्ति आफ्नै वुद्धिबाट कयौँ सफलता प्राप्त गर्दछन् ।
३) नाइजेरियामा दाँतको बीचमा ग्याप हुने मानिस्लाई सुन्दरता र योग्यतो निशानी मान्ने गरिन्छ । त्यस्तै फ्रान्समा यस्ता व्यक्तिलाई डेन्ट्स दु बोनह्यूर भन्ने गरिन्छ। जसको अर्थ हुने गर्दछ, गुडलक ।
४) समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको दाँतको बीच भागमा ग्याप हुने गर्दछ, त्यस्ता व्यक्ति कुरा गर्न सिपालु हुने गर्दछ । यस्ता व्यक्तिको बोलीमा मानिस् चाडै प्रभावित हुने गर्दछन् ।
५) समुद्र शास्त्रका अनुसार दाँतको बीचको भागमा ग्याप हुने व्यक्ति खानाका शौकिन हुने गर्दछन् । यस्ता व्यक्तिमा विभिन्न प्रकारका भोजन गर्ने निकै इच्छा हुने गर्दछ ।
६) दाँतको बीचमा ग्याप हुने व्यक्तिको जीवनमा कहिलै पैसाको कमी हुँदैन् । यस्ता व्यक्ति राम्रो फाइनान्स म्यानेजर मानिने गर्दछन् अर्थात हिसाब किताबमा निकै पक्का हुने गर्दछन् ।






