काठमाण्डौ । अभिनेत्री आँचल शर्माले तेलुगु फिल्म ‘हिटम्यान’मा काम गरेकी छिन् । उनले अभिनय गरेको पहिलो तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक भएको छ । नेपालमा ११ दिनसम्म छायांकन गरिएको उक्त चलचित्रमा आफूले पनि अभिनय गरेको आँचलले बताएकी हुन् ।
‘हिटम्यान’को छायांकन नेपाल र भारत दुबै ठाउँमा गरिएको छ । चलचित्र ‘हिटम्यान’लाई विष्णु अधिकारीले निर्देशन गरेका छन भने आफूले नेपाली संवाद नै बोलेको जानकारी आचल दिएकी हुन् । आँचलले चलचित्रको प्रिमियर हैदराबादमा हुने र आफू सहभागी हुने पनि जानकारी गराइन् ।
आँचलले आफ्नो कामको चलचित्र युनिटले प्रशंसा गरेको समेत बताइन् । ‘नेपाली कलाकार पनि यति गम्भीर भएर काम गर्ने रहेछन् भनेर सिंगो टिमले नै प्रशंसा गरेको उनले बताईन। चलचित्रको एउटा गीतमा पनि आँचललाई फिचरिङ गरिएको छ । यो गीतलाई नेपाली र तेलुगु भाषामा तयार गरिने छ । भिडियो






