काठमाण्डौ । जीवनमा केही गर्नु पर्छ भन्ने भावना जस्मा हुन्छ उसैले नै जिन्दगीमा केही प्रगति गर्न सक्छ । प्रगति गर्नकोलागी र आफ्नो उद्यश्यमा पुग्नकोलागी सपना देखेर मात्र हुँदैन । त्यो सपनालाई पुरा गर्नकोलागी मनैदेखि लगशिल र मेहनति हुन सक्नु पर्छ । सपना सबैले देख्न सक्छन् तर देखिएको सपना त्यो मान्छेको मात्र पुरा हुन्छ जो कर्मठ र इमान्दार हुन्छ ।
यो संसारमा प्रगति गरेका प्राय सबै मानिसहरुको जग सानो भन्दा सानो कामबाट शुरु भएको खबरहरु सुन्न पाईन्छन् । जुन साँचो पनि हो । व्यापार गर्नकोलागी कुनै ठूलो काममा हात हाल्नु पर्दैन । सफल त्यो मानिस नै हुन्छ जस्को कामको शूरुवात सानो कामबाट गरिएको हुन्छ ।
तपाईँ हामीलाई थाहा भएकै कुरा हो कि संसारका मिलिनियर या विलिनियरहरुको पनि आधार निकै सानो कामबाट शुरु भएको हुन्छ । सफल मानिसहरुले सुनाउने उनीहरुको कथा नै सानो कामबाट शुरु भएको हुन्छ । जुन सुन्दा निकै आनन्द लाग्ने पनि हुन्छ । झट्ट हेर्दा पान पसल, सानोतिनो किराना पसल, चिया नास्ताको पसल, सैलुन, फुटपाते व्यापार आदि ईत्यादि कुरामा हामीले खासै न इज्जत दिएका हुन्छौं नत हाम्रो ध्यान नै गएको हुन्छ ।
तर जब तिनै सानो व्यापार गर्दै सफल भएका मानिसहरुका कथा पछि हामीले सुन्छौं तब हामीलाई निकै नै आश्चर्य लाग्ने गर्दछ । यस्तै सानो व्यापारबाट काठमाण्डौमा घर बनाउन सफल भएकी छिन् एक मेहेनति महिला । जस्ले पानी पुरी र चट्पटे बनाएर काठमाण्डौमा आफ्नै घर बनाउन सफल भएकी हुन् ।
पछिल्लो समयमा उनको संघर्ष र सफलताको कथाले सामाजिक सञ्जालमा निकै स्थान पाई रहेको छ । आफैमा निकै सुन्दर साथमा बच्चालाई बोकेर उनले गरेको संघर्षको निकै नै चाख लाग्दो र उत्साहीत हुने बेग्लै कथा छ । सुन्तली नामबाट परिचित उनी निकै मेहेनति महिला हुन् ।
यदि उनले मेहेनत गर्न अल्छि गर्दि हुन् त आज उनको सफलताको कथाले सामाजिक सञ्जाद तताउँदैनथ्यो होला । सुन्तलिले पानीपुरी र चट्पटे बेचेरै महिनामा २ लाख सम्म कमाउँछिन् । उनको पसलमा उनले बनाएको पानीपुरी र चट्पटे खानेहरुको भिड लाग्ने गर्दछ । आफ्नो पानीपुरी र चट्पटेको पसल खोल्नु अघि उनले अर्कैकोमा काम गर्ने गरेको पनि बताईन् ।
यतिमात्र नभई अर्कैकोमा काम गर्दा उनले सधैं गा ली मात्र खानु परेको कुरा पनि सुनाईन् । जति काम गर्दापनि कहिल्यै जस् नपाएपछि उनले सधैं अरुकोमा काम गरेर हुँदो रहेनछ भन्ने ठानेर आफ्नै व्यापार गर्ने सोंच बनाईन् र अन्ततः उनले सानो व्यापार (पानपुरी र चट्पटे) बाट आफ्नै कामलाई सञ्चालन गरिन् । र आज उनको यो कामले उनलाई उचाईमा पुर्याएको छ ।
उनी भन्छिन्,‘धेरै मेहनत पछि मैले केही सफलता पाएकी छु । मेरो आफ्नै घर छ । हिजोआज म आफ्नै काममा निकै नै खुशी पनि छु । अहिले कसैको गा ली खानै पर्दैन । नत कसैसंग दुईचार पैसाकोलागी हात नै फैलाउनु पर्छ ।’ अनामनगरमा पानीपुरी र चटपटे बेचेर काठमाण्डौमा घर बनाउन सफल उनै सुन्तलि दिदीका कुरा सुनौं…………भिडियो






