पोखरा । आफन्तको होस् या छिमेकीको, पसलको होस् या ब्यकितको पैसा चोर्नु, दोकानबाट होस् या कसैको घरबाट किन नहोस् खाने कुरा चोर्नु, कसैको बारीबाट होस् या फेरी तरकारी पसलबाट तरकारी चोर्नु यि र यस्ता कुराहरु सामान्यतया मानिसहरुले चोरि नै रहेका हुन्छन् । जुनसुकै कुरा चोर्नु भनेको लुकिछिपी नै चोर्ने गर्छन् चोरहरुले । तर एक महिलाले त अचम्मकै का ण्ड गरेकी छिन् पोखरामा सुन चोरेर । त्योपनि सिसिटिभीको कुनैपनि मलतब नै नगरिकनै ।
पोखरा महानगरपालिका ५ जिरो किमि स्थितपामे चापाकोट सुन दुकान मा चोरी भएको छ एक पसलमा घटेको छ । अधिकांश समय प्रहरीको उपस्थिति रहने जिरो किमि चोक नजिकैको पामे चापाकोट सुनचाँदी दुकानबाट गत शुक्रबार (पुस १६ गते) झन्डै एक लाख मूल्य पर्ने सिक्री चोरी गरी महिला फरार भइन ।
दुकानका सञ्चालक केशव घतानेले घटनाको बारेमा तत्काल प्रहरीलाई जानकारी गराए । घतानेले चोरी गरेर भाग्ने महिलाले चोरी गर्दै गरेको र भाग्दै गरेको स्पष्ट देखिने सिसीटिभी फुटेज नै सार्वजनिक गरे । तर घटना घटेको चार दिन बित्दा समेत प्रहरीले महिलालाई पक्राउ गर्न सकेन । सिक्री किन्ने बहानामा पसलमा पुगेकी महिलाले सञ्चालक घतानेलाई झुक्क्याएर सिक्री गोजीमा हालेर फरार भएकी थिइन् ।
घटना घटेको ४ दिनसम्म ती महिला को हुन् ? चोरेर कहाँ फरार भइन् ? भन्ने कुराको केही पत्तो लागेको छैन । प्रहरीमा खबर गर्दा समेत केही पत्तो नलागेपछि सञ्चालक आफैले सार्वजनिक गरेको सिसीटिभी फुटेजको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सी सी टीभीमा सुनको सिक्रि चारेर भागेकी ती महिलाको यस्तो छ भिडियो






