काठमाण्डौ । काठमाण्डौमा दुई युवायुवती मृत फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका २ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतक दुबैको शरीरमा चो ट देखिएको छ । उनीहरुको धा रि लो ह ति या र प्र हा र गरी ह त्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाण्डौको अनुमान छ । राई र जिमीसँगै बस्न थालेको दुई(तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ ।
बिहे नगरी‘लिभिङ टुगेदर’मा बसेका उनीहरु पब्जी खेल्नेक्रममा नजिकिएका थिए । घटनामा कुनै तेस्रो व्यक्तिको सं’लग्न’ता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ । गएराति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए । ‘उनीहरू धेरैजसो पब्जी खेल्ने गर्थे ।
खेल खेल्दा हा’नहा’न, मा’रमा’र भन्ने जस्तो शब्द बोल्थे । तर राति भने अरूबेलाको जस्तो आवाज थिएन । झ’ग’डा गरेकोजस्तो आवाज आएको रहेछ ।’ प्रहरी वरिष्ठ उपरीक्षक गिरीले भने, ‘१२ बजेतिर आमाले हल्ला सुनेपछि बोलाउन गएकी रहेछन् ।’
आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन् । ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फो’ड्न’ लगाएका थिए । कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन् । भिडियो






