काठमाण्डौ । श्रीमानको ला’स देख्ने वित्तिकै श्रीमतीले पनि संसार छाडेकी छन् । उनले श्रीमानलाई गुमाएको पी डा सहन गर्न नसकेर श्रीमानसंगै यो संसार छाडेको गाउँलेहरुको भनाई छ । उनीहरु एकअर्कालाई असाध्यै नै माया गर्ने गरेको हुनाले पनि संगै संसार छाडेको गाउँलेहरुको भनाई छ । यो घटना राजस्थानको नागौरको हो ।
५८ वर्षअघि दुबैको विवाह भएको र यति लामो समय सँगै बसेको आ घा त उनले सहन नसकेको उनका छिमेकीहरु बताउँछन् । एकै साथ प्राण त्याग गरेका ती मृतक दम्पत्तिको भने तीन बहीनी छोरी मात्रै थिए । छोरा थिएनन् । बाबुआमाको स्र्ववास भएपछि तीनै विवाहित छोरीहरुले आफ्ना आमा र बुवाको अन्तिम संस्कार गरेका छन् ।
७८ वर्षीय वृद्धलाई श्वासप्रश्वासमा समस्या थियो
परिवारका अनुसार ७८ वर्षीय वृद्धलाई केही दिनदेखि सास फेर्न समस्या भइरहेको थियो । शनिबार उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई उपचारका लागि पहिले नागौर र त्यसपछि जोधपुर लगिएको थियो, जहाँ उनको बिहान चार बजे मृत्यु भएको थियो । बिहान ८ बजे शव घर पुग्यो । शव देखेपछि श्रीमती स्तब्ध भइन् र संधैका लागि अस्ताइन् ।
विवाहित छोरीहरूले गरे अन्तिम संस्कार
परिवारका सदस्यहरुका अनुसार वृद्ध दम्पतीको छोरा छैन । दुई छोरी मात्र छन् । जसका कारण दुवै छोरीले बुवा आमाको पार्थिव शरिरलाई काँध दिए । एउटै चि ता मा मातापिताको अन्तिम संस्कार गरे ।
गाउँलेको भनाई अनुसार दुबैको अटुट माया थियो
मृ त क रानाराम सेनको करिब ५८ वर्षअघि भंवरीदेवीसँग विवाह भएको थियो । दुवैबीच अतुलनीय प्रेम रहेको गाउँलेहरुले बताएका छन् । दुवैजना सधैं सँगै बसे र अहिले सँगै संसार छाडेका छन् ।






