काठमाण्डौ । नेपालका चर्चित गायक राजेशपायल राईलाई हम ला गुर्ने व्यक्तिको पहिचान खुलेको छ । अघिल्लो दिन अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रममा राईमाथि पछाडीबाट अंगाल्दै भुईमा लडाउन खोजेको भिडियो सार्वजनिक भएको थियो । उनी दावा शेर्पा रहेको रहस्य खुलेको हो ।
अमेरिका निवासी विजय चाम्लीङ नाम गरेका एक नेपालीले आफ्नो फेसबुकमार्फत फोटो सार्वजनिक गर्दै उनको पहिचान खुलाइदिएका हुन् । उनको पोस्टमा उल्लेख भए अनुसार राजेशपायललाई अंगाल्न स्टेजसम्म पुग्ने व्यक्ति शेर्पा हुन् ।
कलाकारप्रति मन पर्नु या नपर्नु बिचार आफ्नो निजी अधिकार भएपनि त्यसरी अप्ठेरो नै पर्ने गरी हम ला गर्नु गलत भएको उनले पोस्टमा बताएका छन् । त्यस्तै घटना भइरहेको सम्बेदनशील समय भिडियो मात्र बनाएर टुलुटुलु हेरेर मात्र बस्ने दर्शकहरुप्रति पनि उनले गुनासो पोखेका छन् ।
वास्तवमा भएको के थियो ?
‘राई इज किङ’ लेखिएको ब्यानरअगाडि राजेशपायले सदा झैं आफ्नै पारामा संगीतमा रमाउँदै, झुम्दै प्रस्तुति दिइरहेका थिए । ‘अञ्जानैमा भुल भयो कि‘’ गाउँदै गर्दा दर्शकको पंतिबाट एकजना युवा सरासर स्टेजमा उक्लिए । उनी यति सहज देखिएका थिए कि कसैले पनि नराम्रो केही घटना हुन्छ कि भन्ने सोचेकै थिएनन् ।
किनकी ती युवकको पहिरन एक सभ्य घरानाको जस्तो देदिन्थ्यो । त्यसैले उनलाई उक्त कार्यक्रममा उपस्थित सबैले फ्यान मध्यकै एक सम्झिए पनि । ती युवाले सुरूमा पछाडिबाट राजेशपायललाई बलपूर्वक अंकमाल गरे । गाउन अुवरोुध भएपछि राजेश सहज हुने कोशिस गरे ।
त्यसपछि ती युवकले थप उनलाई अ ठ्या उन खोजे । यो सबै दृष्य भिडियोमा देखिन्छ । दर्शक र आयोजक व्यक्तिहरू सुरूमा केहीबेर अल्मलिए । कुनै फ्यानले राजेशलाई ‘हग’ गर्न खोजेको सोचेर सबै भिडिओ खिच्नमै व्यस्त भए ।
तर, अति नै गरेपछि हलचल भयो । त्यसपछिको दृष्य स्पष्टरूपमा भिडिओमा देखिदैन । सहभागीका अनुसार ती व्यक्तिले राजेशपायलमाथि हात पात गरेका भने होइनन् । धेरै माया देखाउदा यस्तो भएको हो । दर्शक र आयोजकका व्यक्तिले उनलाई छुटाएर बाहिर निकालेका थिए ।
उक्त घटना पछि पनि कार्यक्रम विथोलिएन । राजेशपायलले आफूलाई सम्हाल्दै निरन्तर २ घन्टा गीत गाएका थिए । बीचबीचमा हँसिमजाक समेत गरेका थिए । ‘भाइरलका लागि यस्तो हुन्छ यार’ भन्दै उनले फेरि ‘अञ्जानैमा भुल भयो कि‘’ लाई निरन्तरता दिए । त ना वका कारण गीत गाउँदै गर्दा एकपटक उनले ‘लिरिक्स’ भुलेका थिए ।
घटना पछि राजेशले भने………
गीत टुंग्याइसकेपछि राजेशले घटनाबारे आफ्नो भनाइ राखे । राईले यस्तो भनेका थिए ‘थ्यांक्यू । केही छैन । पछाडिबाट आएको अंगालो पनि मिठै हुन्छ । अगाडिबाट आएको ज्वा ला मुखी पनि नि ल्छु, पचा उँ छुजस्तो लाग्छ । तर, पछाडिबाट आएको अंगालो पनि स्वीकार्य छ ।
राजेशपायल राई न कहिले हार्न जान्दछ, न कहिल्यै भाग्न जान्दछ । किनकी राजेशपायल राई त्यो देशको माटोले जन्माएको हो, जुन देशको माटो छुँदा पनि स्वर्ग पुगेको अनुभूति हुन्छ ।’
https://www.tiktok.com/@cinema_nepal0/video/7048184979678956826






